दोस्रो बजारमा सस्तोमा पाइन्छन् वाणिज्य बैंकको शेयर

काठमाडाैं । शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ ।

सो बैंकको शेयर प्रतिकित्ता १५८ रुपैयाँमा कारोवार भएको थियो । यसैगरी सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता १७० रुपैयाँ, जनता बैंकको १७४ रुपैयाँ, एनसिसी बैंक १९९ रुपैयाँ, नेपाल बङ्गलादेश बैंक १८९ रुपैयाँ, मेघा बैंक रु १८६ मा कारोवार भएको छ। सिटिजन बैंकको २२२ रुपैयाँ, कुमारी बैंक २४० रुपैयाँ, प्रभु बैंक २४०रुपैयाँ, सनराइज बैंकको प्रतिकित्ता २१६ रुपैयाँमा कारोवार भएको छ ।

सिद्धार्थ बैंक ३०५ रुपैयाँ, एनएमबी बैंंक ३५६ रुपैयाँ, एनआइसी एशिया ३५७ रुपैयाँ, नेपाल एसबिआइ बैंक ३९४ रुपैयाँ, प्राइम कर्मसियल बैंक ३१५ रुपैयाँमा खरीद बिक्री भएको छ । माछापुच्छ्रे बैंक २०४ रुपैयाँ, कुमारी बैंक २४०रुपैयाँ मा कारोवार भएको छ । कृषि विकास बैंक ३२७ रुपैयाँ, बैंक अफ काठमाडौँ ३०५ रुपैयाँमा कारोवार भएका छन् । ग्लोबल आइएमइ बैंक ३१४ रुपैयाँ, हिमालयन बैंक ४४७ रुपैयाँ, सिद्धार्थ बैंकको शेयर ३०५ रुपैयाँमा कारोवार भएका छन् ।

यस्तै केही बैंकका शेयर मात्रै ५०० रुपैयाँ भन्दामाथि रहेका छन्। नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंकको शेयर मात्रै उक्त बिन्दुभन्दा माथि रहेको छ । बिहीबार कारोवार भएका आधारमा नवील बैंक ८५० रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंक ६१९ रुपैयाँ, एभरेष्ट बैंक ५२४ रुपैयाँ, स्ट्याण्र्डड चार्टड बैंकको शेयर ५६५ रुपैयाँ मा खरीद बिक्री भएका छन् ।

विगत डेढ वर्षदेखि निरन्तर बजार ओरालो लाग्दा त्यसको प्रभाव लगानीकर्तामासमेत परेको छ । सरकारले बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजत्वमा वित्तीय क्षेत्र र पूँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, लगानीकर्ताका प्रतिनिधि सम्मिलित छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस