माछापुछ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

काठमाडौं । माछापुछ्रे बैंकले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिका स्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ ।

हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपले गरे । त्यसै गरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले संयुक्त रुपले गरे र कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले संयुक्त रुपले गरे ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यस बैकले २०७५ साल आश्विन मसान्तसम्म रु ७७ अर्व निक्षेप परिचालन गरी रु. ७१ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ३७ करोड खुद मुनाफा गरेको छ

। बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after