एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको कुन्तादेवीमा

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गा मोलुङ गाउँपालिकामा आफ्नो बीसौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे बैंकले मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी पसल डाँँडामा शाखारहित बैंकिङ्ग सेवा  संचालनमा ल्याएको हाे ।उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन यज्ञराज सुनुवारले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा संजय खत्रीलाई बैंकद्वारा नियुक्त गरिएको छ ।  शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस