काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक बनेको छ । राष्ट्रिय वाणिज्य बैंक ५४ औं वार्षिकोत्सब समारोहमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बृद्ध नेपाल सुखी नेपाली अभियानको सफलताको लागि सवै स्थानीय तहमा मात्र नभई हरेक वडा वडामा बैंकको शाखा पुग्नुपर्ने बताए । उनले बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम विपन्नवर्ग, उत्पादनशील क्षेत्र तथा पूर्वाधार र युवा स्वरोजगारकोे क्षेत्रमा प्राथमिकताका साथ कर्जा लगानी गर्नुपर्ने …
पुरा पढ्नुहॊस »भैरहवा जिल्ला अदालतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको भैरहवास्थित जिल्ला अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टरको संख्या १९ पुगेको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख अशोक पौडेल, राष्ट्र बैंकका अधिकृत विवेक कोइराला लगायतको आतिथ्यता रहेको कार्यक्रममा मेगा बैंक प्रदेश नम्बर ५ का प्रमुख रामु पन्थी र भैरहवा …
पुरा पढ्नुहॊस »कैलाश विकास बैंकका ग्राहकलाई मेडिसिटीमा आकर्षक छुट
काठमाडौं । कैलाश विकास बैंक र नेपाल मेडिसिटी अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महा प्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा नेपाल मेडिसिटी अस्पतालले बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिएका छन् । बैंकको हालसम्म शाखा …
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंक र सिप्रदी टकेडिङ्गबीच सवारीकर्जा सम्बन्धि सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी टकेडिङ्गबीचमा सवारीकर्जा लगानी सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकको तर्फबाट कामु.प्रमुख कार्यकारी अधिकृत प्रवीण वस्नेत र सिप्रदी टकेडिङ्गको तर्फबाट महा प्रबन्धक अनुपमणि ढकालले सम्झौतापत्रमा हस्ताक्ष्ँर गरेका थिए । यस सम्झौता अनुसार सिप्रदी टकेडिङ्ग मार्फत सिफारिस भई अएका ग्राहकहरूले टाटाका विभिन्न सवारी साधनहरु विकास बैंकका ६३ वाटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् । साथै १७ …
पुरा पढ्नुहॊस »निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको शाखा सौराहामा
ठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट उठ्ने राजस्व अब कृषि विकास बैंकको शाखा कार्यालय सौराहामा संकलन गर्ने कार्य शुरु भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रिय कार्यालय वीरगंन्जका निर्देशक बाबुकाजी थापाले उक्त निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको सौराहा शाखाबाट संकलन गर्ने कार्यको सौराहामा संयुक्त रुपमा उद्घाटन गरेका थिए । उठेको राजस्व रकम रु.१२ लाख १ हजार रुपैंया बैंकका प्रबन्धक पुस्तकराज तिवारीलाई हस्तान्तरण गरी …
पुरा पढ्नुहॊस »सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंकबीच सम्झौता
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक बीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे । सम्झौता पश्चात बैंकका ग्राहकहरुले सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धि सेवा बैंकका सबै शाखा कार्यलयहरु बाट लिन सकिनेछ ।
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंकको शाखा मोरङको उर्लाबारीमा
काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको उर्लाबारीमा ६४ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटनबैंकका सञ्चालक बलराम बराल र कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे । बैंकले विभिन्न भागहरुमा ६४ वटा शाखा र १७ वटा एटिएमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ललितपुरको कुपण्डोलमा
काठमाडौं ।मुक्तिनाथ विकास बैंकले ललितपुरको कुपण्डोलमा नयाँ शाखाको विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे । बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्न उक्त कार्यक्रममा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल ( धुर्मुस ), फ्रेण्डस् क्लवका अध्यक्ष राजीवराज पौडेलले बैंकको सफलताको शुभकामना मन्तब्य प्रस्तुत गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र …
पुरा पढ्नुहॊस »सांग्रिला डेभलपमेण्टको नगद लाभांश बैंक खातामा जम्मा
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ । बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ४५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा भएको हो । माघ ३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा जम्मा भएको छ भने उक्त मिति पश्चात बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा बेैंक खाता जम्मा हुनेछ । हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका …
पुरा पढ्नुहॊस »प्रभु बैंकको नाफा ७० प्रतिशत बढ्यो
काठमाडौं । प्रभुु बैंकले यो आर्थिक वर्षको ६ महिनामा ७० प्रतिशत नाफा बढाएको छ । बैंकको स्वतन्त्र नाफा अघिल्लो वर्षको ६ महिनामा ६३ अर्ब ४९ करोड रहेकोमा यो वर्ष १ अर्ब ८ करोड पुगेको हो । नियामकीय समायोजनको रकम पोजेटिभ देखिएसँगै १ अर्ब ४ करोड खुद नाफा भएको बैंकको स्वतन्त्र नाफा सो आकारमा रहन गएको हो । ८ अर्ब २३ करोड चुक्ता पुँजी भएको उक्त बैंकले तीन महिनाको अवधिमा रिजर्भको …
पुरा पढ्नुहॊस »