भैरहवा जिल्ला अदालतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको भैरहवास्थित जिल्ला अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टरको संख्या १९ पुगेको छ ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख अशोक पौडेल, राष्ट्र बैंकका अधिकृत विवेक कोइराला लगायतको आतिथ्यता रहेको कार्यक्रममा मेगा बैंक प्रदेश नम्बर ५ का प्रमुख रामु पन्थी र भैरहवा शाखाका प्रमुख विप्लवी त्रिपाठीले एक्सटेन्सन काउन्टरको विस्तारपछि अदालतको राजश्व संकलनमा सहज हुने बताए ।

अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा सुविधा प्रदान गर्न मेगा बैंकको योजना रहेको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after