Tag Archives: featured

नेको इन्स्योरेन्सको २२औं वार्षिकोत्सव : बीमा सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले ग्राहकलाई थप उत्कृष्ट र गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बुधवार कम्पनीको २२औं वार्षिकोत्सव समारोहमा अध्यक्ष रमेशकुमार निरौलाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । बीमा सम्बन्धित नीति र कानूनमा रहेर कम्पनीलाई अगाडि बढाउने अध्यक्ष निरौलाको भनाइ छ । साथै, उनले बीमा दाबी पेश भएको एक साताभित्र सम्बन्धित बीमितलाई भुक्तानी फछ्र्याैट गर्ने प्रतिबद्धता व्यक्त गरे । बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंककाे फेसबुक च्याटबट ‘साथी’ सञ्चालनमा

काठमाडाैं ।  एनआईसी एसिया बैंकले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा साथी नामको च्याटबट सञ्चालनमा ल्याएको छ । च्याटबटमार्फत बैंकका ग्राहकहरूले बैंकका बारेमा रहेका आफ्ना जिज्ञासाहरुकोे आधिकारिक जवाप प्राप्त गर्न सक्ने र यसले डिजिटल बैंकिङ्गको विकासमा बैंकलाई थप उचाई दिलाउने बैंकले जनाएको छ । मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक …

पुरा पढ्नुहॊस »

शेयर प्रमाणपत्र धितो राखेर ६५ प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर प्रमाणपत्र धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । शेयर बजार सुधारका लागि बैंकले सो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले गठन गर्नुभएको  कार्यदलले दिएको सुझावका आधारमा केन्द्रीय बैंकले बुधबार त्यस्तो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको हो । अर्थमन्त्री खतिवडाले गएको मङ्सिर २० गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा  नेपाल नेशनल हस्पिटलका बजार व्यबस्थापन प्रबन्धक श्रुती राणा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पछि  नेपाल नेशनल हस्पिटलमाउपचार गराउँदाग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र चिरायु हस्पिटल एण्ड मेडिकलबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धाराबीच सहकार्य सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिबराज भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि  बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ सुविधाको प्राप्त गर्न सकिने छ ।

पुरा पढ्नुहॊस »

हिमस्टारद्वारा नयाँ हलोजन हिटर सार्वजनिक

काठमाडौं ।  गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु  सार्वजनिक गरेको छ । ४ सय, ८सय, १२ सय वाटका रहेका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन्  । यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अश्सिकिलेटिंग फंक्शन रहेको छ जसले तापलाई चारैतिर फैलाउँछ । सबै मोडेलहरूमा सुरक्षा टिप(ओभर स्विच छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा उपलब्ध …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट बैंंकको मूल्य समायोजन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको १८ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५ सय ७७ दशमलव १२ तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य रू. ६ सय ६७ दशमलव ५६ लिएको हो ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त भएका छन्। लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएपछि नयाँ प्रुमख कार्यकारीमा उपाध्यायलाई नियुक्त गरिएको हो। उनलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको हो। बैंकले मंसिर २३ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। व्यावसायिक कार्ययोजना सहित आवेदन दिएका उनी आगामी चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त भएका हुन्। बैंकमा १७ जनाले आवेदन दिएका थिए। यसमध्ये ५ जनालाई सर्टलिस्ट गरिएको थियो। …

पुरा पढ्नुहॊस »

आज डलरको भाउ कति ? हेर्नुस् विभिन्न देशको मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ११) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ९२ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ५२ पैसा रहेको छ ।  एक युरोको खरिददर १२७ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ  र बिक्रिदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ …

पुरा पढ्नुहॊस »

नबिल बैंक पनि कनेक्ट आईपीएसमा आवद्ध

काठमाडौं । नबिल बैंक नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आजबाट कारोबार शुरु गर्ने गरि आवद्ध भएको छ । बैंकका ग्राहकहरुले यस प्रणालीको www.connectips.com अथवा मोबाईल एप्सबाट अनलाईन कारोबार गर्न सक्नेछन् । यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था रहेका छन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम …

पुरा पढ्नुहॊस »