मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ललितपुरको कुपण्डोलमा

काठमाडौं ।मुक्तिनाथ विकास बैंकले  ललितपुरको कुपण्डोलमा नयाँ   शाखाको विस्तार गरेको  छ । उक्त शाखा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे ।

बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्न उक्त कार्यक्रममा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल ( धुर्मुस ), फ्रेण्डस् क्लवका अध्यक्ष राजीवराज पौडेलले बैंकको सफलताको शुभकामना मन्तब्य प्रस्तुत गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए। मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाण्डाैं उपत्यका भित्र १४ शाखाहरु संचालनमा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस