Tag Archives: featured

ग्लोबल आईएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा पाँचथरको डेरी बजारमा

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरूको सङ्ख्या २७५ पुगेको छ । शाखा रहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमल प्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले संयुक्तरुपमा गरेका थिए । शाखा रहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले …

पुरा पढ्नुहॊस »

मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ । मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौँमा प्रदर्शन भएको छ । इम्पल्स एनजीओ नेटवर्कले काठमाडौँमा मानव बेचबिखन बारे डकुमेन्ट्री फ्रम द स्याडोज’ वृत्तचित्र प्रदर्शन गरेको हो । मानव बेचबिखन तथा शोषण विरुद्ध जनचेतना जगाउने र कारबाही गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसको प्रदर्शन गरिएको थियो । इम्पल्स एनजीओ नेटवर्कको कन्ट्री पार्टनर मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल, नेपाल इन्टरनेट फाउन्डेसन, सनवे कलेज, सेन्ट जेभियर कलेजको सहकार्यमा वृत्तचित्र प्रदर्शन …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंक लिमिटेडद्वारा पशुपतिको कैलाश डाँडामा वृक्षारोपण

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक आलोक कुमार चौधरीको नेपाल भ्रमणका दौरान वृक्षारोपण गरिएको हो । चौधरीले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपणको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य …

पुरा पढ्नुहॊस »

रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ हुने

काठमाडौँ । रोयल इन्फिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ । रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल यही फागुन १२ गते इजी वे ट्रायल सेन्टर, संखमुलमा हुन लागेको हो । यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकले बोलायो वार्षिक साधारणसभा

काठमाडौ । कृषि विकास बैंकले लाभांश प्रस्ताव नगरी वर्षिक साधारण सभा बोलाएको छ । फागुन ३० गते सत्रौं सधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । फागुन १६ गते शुक्रबार परेकाले सेयर कारोबार हुँदैन । सभामा गत …

पुरा पढ्नुहॊस »

मंगलबार कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ स्थिर छ । सोमबार प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि आज स्थिर छ । यस दिन चाँदि प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

मनास्लु वर्ल्ड कलेजले ५ विशिष्ट व्यक्तित्वहरूलाई गर्‍यो सम्मान

काठमाडौं । मनास्लु वर्ल्ड कलेजले विभिन्न विधामा काम गर्ने उत्कृष्ट ५ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ। कलेजले स्वागत तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८० मा कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा सम्मान गरेको हो। विगतका वर्षहरूमा जस्तै कलेजले आफ्नो उत्कृष्ट १० विद्यार्थीहरूलाई मनास्लु एक्सिलेन्स अवार्डले सम्मान गरेको र आफ्ना उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मान गरेको बताएको …

पुरा पढ्नुहॊस »

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको तीन वर्षको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक चयन

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको तीन आर्थिक वर्षको साधारणसभा एक साथ सम्पन्न भएको छ । फागुन ६ गते उद्योगको आ.व. २०७७/०७८, २०७८/०७९ र २०७९/०८० को साधरण सभा सम्पन्न भएको हो । उद्योगका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोक, ललितपुरमा भर्चुअल माध्यम भिडियो कन्फरेन्स जुम मार्फत साधरण सभा सम्पन्न गरिएको हो। सभामा सयरधनीहरूको प्रश्नको जवाफ दिंदै प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले विगतमा …

पुरा पढ्नुहॊस »

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभाबाट लाभांश पारित

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औंं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा) सम्पन्न भएको छ । कम्पनीको साधारण सभा फाल्गुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न भएको हो । उक्त सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १०।२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.५४०१ प्रतिशतका दरले हुन आउने १ करोड २ लाख ८५ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश९कर …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र सिटिस्केप थकालीबीच छुट समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गको सिटिस्केप थकालीबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले सिटिस्केप थकालीमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स …

पुरा पढ्नुहॊस »