यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभाबाट लाभांश पारित

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औंं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा) सम्पन्न भएको छ । कम्पनीको साधारण सभा फाल्गुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न भएको हो ।

उक्त सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १०।२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.५४०१ प्रतिशतका दरले हुन आउने १ करोड २ लाख ८५ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश९कर प्रयोजनका लागि० पारित भएको छ ।

यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरिएको छ । साथै सञ्चालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक सेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि सि.जि. फुडस् नेपाल लिको तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रालिको तर्फबाट) निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ । यस्तै आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक जेबि। राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरिएको छ ।

साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट गत जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जरपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ कायम भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पिडितहरूलाई राहत सामग्री वितरण

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण …

प्रतिकृया दिनुहॊस