एकै साथ ६ शाखाहरुबाट कारोवार सुभारम्भ

काठमाडाैँ ।देशको ग्रामीण तह सम्म बंैकिङ्ग पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको यस जनता बैंक नेपालले एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ ।

काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यका बाहिरमा बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा खोलिएको हो ।

तौलिहवा शाखाको उद्घाटन संघीय संसदका माननीय सांसद बृजेशकुमार गुप्ताले गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीको समेत उपस्थिति रहेको उक्त समुद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले बैंकको बारेमा मन्तब्य राखेका थिए ।

यसैगरी काठमाडौं उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर के.सी., बनस्थली खरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले उद्घाटन गरे भने थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालबाट संयुक्त रुपमा उद्घाटन सम्पन्न भयो ।

साथै सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले संयुक्तरुपमा र बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष युवराज जङ्ग राजभण्डारीले उद्घाटन गरे । बाग्लुङ्ग शाखा उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यको उपस्थिति रहेको थियो ।
नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा सहज र सरल रुपमा उपलब्ध गराइने छ ।

उद्घाटन भएका शाखाहरु समेत जनता बैंकको शाखा संजाल पूर्वको मेची देखि पश्चिम महाकाली सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १४१ पुगेको छ भने काठमाडांै उपत्यकामा २३ शाखा रहेका छन् ।

यस सगै जनता बैंक शाखा संजालको हिसाबले निजी क्षेत्रको बाणिज्य बैंकहरु मध्ये चौथो ठूलो बैंकको रुपमा स्थापित भएको छ भने समग्रमा सातौ ठूलो बाणिज्य बैंक बन्न सफल भएको छ । यि शाखाहरु अतिरिक्त बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०५ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु¥याउदै आइरहेको छ ।

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक लगाएको छ । बैंकको …

प्रतिकृया दिनुहॊस