Tag Archives: featured

आइएमई जनरल इन्स्योरेन्सकाे साधारणसभा सम्पन्न, ५ प्रतिशत बाेनस सेयर र मर्जरकाे प्रस्ताव पास

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभा असार २९ गते काठमाण्डौंमा सम्पन्न भयो । साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ वर्षमा हामीले नयाँ नयाँ बीमालेख लगायत आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहकलाई सहज सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । उनले …

पुरा पढ्नुहॊस »

सन नेपालले गर्यो २६ लाख ३४ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत बिमितको २६ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ जना मृत बिमितको रकम भुक्तानी गरेको हो । मृत्युवरण गर्ने बिमितहरु मध्येमा महिलाको भन्दा पुरुषको संख्या धेरै देखीएको छ । १ जना महिला बिमितले मृत्युवरण गर्दा ४ जना पुरुष बिमितले मृत्युवरण गरेका छन् । मृत्युवरण गर्ने बिमितहरु कैलाली, रुकुम, रुपन्देही, महोत्तरी र कञ्चनपुरका रहेका छन् । मृत्युवरण गर्ने बिमितहरु व्यापार …

पुरा पढ्नुहॊस »

गोरखामा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवा संचालनमा

गोरखा । एन आई सी एशिया बैंकले गोरखाको गण्डकी गाउँपालिका ८ सिउरेनीटारमा ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा अध्यक्ष राम प्रसाद रेग्मीले गरे । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्की नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् । सो सेवाबाट …

पुरा पढ्नुहॊस »

कास्कीका छिनेडाँडामा कामना सेवाको ९४औं शाखा बिस्तार

काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा असार २९ गते ९४औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो । बैंकका सञ्चालक चतुराखर अधिकारी, संचालक देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका हुन् ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्धारा त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण

काठमाडाैँ । सनराइज बैंकले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ । क्लबले वातावरण र खेलकुद प्रवद्र्धनको लागि ल्याएको ‘गो ग्रीन गल्फ क्यापेन’ अन्तरगत आयोजना गरेको उक्त कार्यक्रममा ५०० वटा विभिन्न जात जातीका विरुवा लगाइएको थियो । गल्फ खेलाडीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक भुमिका निर्वाह गदै आएको छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्धारा निशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौं ।  महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले मिति २०७६÷०३÷२८ गते शनिबारका दिन ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको सो शिविर सुकेधारा चोकमा आयोजना गरिएको थियो । करिब तीनसय जनाले निशुल्क स्वास्थ्य जाँच गराउनु भएको उक्त शिविरमा …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र ॐ समाज डेण्टल हस्पिटलबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र ॐ समाज डेण्टल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ॐ समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त

काठमाडौं ।  सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । सनराइज बैंकको संचालक समितिको बैठकले पौड्याललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । नविल बैंकबाट बैकिङ करिअर शुरू गरेका पाैड्यालले एनआइसी एशिया, लक्ष्मी बैंक हुँदै ग्लाेवल आइएमइ बैंककाे प्रमुख कार्यकारी अधिकृत भएका थिए । पौड्यालले ६ महिना अगाडि ग्लोबल आइएमई बैंकबाट प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका थिए ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकको सीईओमा शर्मा

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पौड्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रवारको बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । यसअघि निरज श्रेष्ठलाई सीईओ बनाउने भनिए पनि सञ्चालक समितिमा सर्वसम्मति नहुँदा रोकिएको थियो । पौड्याललाई भने सर्वसम्मतिबाट नियुक्त गरिएको हो । बैंकका यसअघिका सीईओ रत्नराज बज्राचार्यको चारवर्षे कार्यकाल सकिएपछि पद रिक्त थियो । पौड्याल यसअघि ग्लोबल आईएमई बैंकमा पनि सीईओ थिए । उनले आफ्नो कार्यकाल …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds