Tag Archives: featured

सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्यविनायक न.पा वडा नं १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोख्रेललाई हस्तान्तरण गरे । कम्प्युटर हस्तान्तरण समारोहमा प्रदेश ३ शभाका माननिय सदस्य ससिजङ्ग थापा तथा विद्यालयका शिक्षकशिक्षिकाको पनि उपस्थिती थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकद्धारा आदर्श विद्यालयका विद्यार्थीहरुको खानपानका लागि सहयोग

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको खानपानका रु २ लाख ४० हजार रुपैंयाको आर्थिक सहयोग गरेको छ । सामान्यतः आर्थिक रुपले विपन्न परिवारका करिब २०० जना विद्यार्थीहरु अध्ययनरत नव आदर्श माध्यमिक विद्यालय सरकारी सहयोगमा समुदायबाट सञ्चालित विद्यालय हो । न्युन पारिवारिक आयका कारण पोषणयुक्त आहारको कमी भई कतिपय बालबालिका कुपोषणको समेत शिकार हुन पुगेको कुरालाई मध्यनजर राख्दै बैंकले सो सहयोग प्रदान गरेको हो । यसका …

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंक र ह्याम्स अस्पताल एंव सुमेरु अस्पतालबीच सम्झौता

काठमाडौं । माछापुछ्रे बैंक र ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल तथा बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार माछापुछ्रे  बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् । उक्त छुट माछापुछ्रे  बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहकमहानुभावहरु तथा बैंकका …

पुरा पढ्नुहॊस »

सूर्योदय लघुवित्तको खुद नाफामा आकर्षक सुधार, रिजर्भ कोष ४.३२% घट्यो

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ८७% ले बढेर ३ करोड ६१ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, लघुवित्तको रिजर्भ कोष ४.३२% ले घटेर ७ करोड ९५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ९३ पैसाले बढेर ३३ …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको नाफामा १७.९९% सुधार, अन्य सूचकमा पनि सुधार

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ अर्ब ४ करोड ६१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा १७.९९% धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ५८ करोड १६ लाख ८२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानी लगायत महत्वपूर्ण सूचकहरुमा पनि सुधार गरेको छ ।

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहाबीच सरकारी कारोवार सञ्चालन

काठमाडौं । नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहा भन्सार कार्यालय , सिन्धुपाल्चोक बिच सरकारी कारोबार संचालन सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना तथा भन्सार कार्यालयको तर्फबाट महानिर्देशक रामेश्वर डङ्गालले हस्ताक्षर गरेका हुन् । यस सम्झौतामा बैकको बाह्रबिसे शाखा अन्तर्गत एक्सटेन्सन काउन्टर खोली सरकारी कारोबार अन्तर्गत सो कार्यालयको राजस्व संकलन गरी जम्मा गर्न सरकारी कारोबार संचालन गर्ने अनुमती प्रदान गर्ने निर्णय भएको …

पुरा पढ्नुहॊस »

सिभिल बैंकबाट मेलम्ची नगरपालिकाका कृषकले सहुलियतपूर्ण कर्जा पाउने

काठमाडौँ । सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच सम्झौता भएको छ । आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिकाभित्र रहेका घरेलु कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र “सेल पे”बीच सम्झौता, वेलकम बोनसको व्यवस्था

काठमाडौं । एन आई सी एशिया बैंकले सेल पेसँग सम्झौता गरेको छ । डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै बैंकले हिजोबाट संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सम्झौता गरेको हो । “सेल पे” इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीहरुका बिलहरु जस्तै बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक …

पुरा पढ्नुहॊस »

कामना सेवा र आईएमई पे बीच सहकार्य

काठमाडौँ । कामना सेवा विकास बैंक र आइएमई पे बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि दुइ कम्पनीविच सम्झौता भएको छ । बैंकले आईएमईको आईएमई पे डिजिटल वालेट सुविधासमेत प्रदान गर्ने गरी उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोबाइल बैंकिङमार्फत आईएमई पे डिजिटल वालेटमा फन्ड लोड गर्ने सुविधा प्रदान गरिएको भन्दै बैंकले आईएमई पे वालेटमार्फत ग्राहकले …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको शाखा धापासीमा

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना शाखाहरु विस्तार गर्ने क्रममा काठमाडाैंको धापासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकले हाल सञ्चालनमा आएको शाखा सहित यस बैंकले देशभर १६० वटा शाखा , ४ एक्स्टेन्सन काउन्टर सहित, १०० शाखारहित बैंकिङ्ग सेवा, १७३ एटिएम र १,३०० भन्दा …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds