लक्ष्मी बैंकद्धारा आदर्श विद्यालयका विद्यार्थीहरुको खानपानका लागि सहयोग

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको खानपानका रु २ लाख ४० हजार रुपैंयाको आर्थिक सहयोग गरेको छ ।

सामान्यतः आर्थिक रुपले विपन्न परिवारका करिब २०० जना विद्यार्थीहरु अध्ययनरत नव आदर्श माध्यमिक विद्यालय सरकारी सहयोगमा समुदायबाट सञ्चालित विद्यालय हो ।

न्युन पारिवारिक आयका कारण पोषणयुक्त आहारको कमी भई कतिपय बालबालिका कुपोषणको समेत शिकार हुन पुगेको कुरालाई मध्यनजर राख्दै बैंकले सो सहयोग प्रदान गरेको हो ।

यसका अलावा बैंकको कर्मचारीद्वारा सञ्चालित लक्ष्मी केयर्स नामक गैर सरकारी संस्थाको माध्यमबाट ५० हजार आर्थिक सहयोग पनि प्रदान गरिएको बैंकले जनाएको छ ।

साथै बैंकको न्युरोड बिजनेस सेन्टरको १२औं वार्षिकोत्सवका उपलक्ष्यमा बिजनेस सेन्टरमा कार्यरत कर्मचारीहरुबाट संकलित  १० हजार रकम र विद्यार्थीका लागि २० थान विद्यालय पोशाक समेत सहयोगस्वरुप प्रदान गरिएको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस