Tag Archives: featured

३५ दिन भित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सिमाको बिषय जटिल बन्छ ः बिजुक्छें

काठमाडौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३५ दिन भित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सिमाका बिषय जटिल बन्ने बताए । उनले सरकारले भारतले मिचेको सिमाका बिषयमा सरकाले सिमा अतित्रमणका बारे अन्तराष्ट्रिय अदालत र सुंयक्त राष्ट संघमा बेलैमा यो मुद्धालाई लैजान नसकेको भन्दै ३५ दिन भित्र सरकारले यो बिषय उक्त स्थानमा लानु पर्नेमा जोड दिनु पर्ने बताए । उनले भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा

रसुवा । एन आई सी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङबाट आज एक समारोहका बीच समुद्घाटन सु–सम्पन्न भयो । स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, …

पुरा पढ्नुहॊस »

चलचित्र ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक

चलचित्र ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक गरिएको छ। प्रेमबहादुर सुनारको कथा रहेको चलचित्रमा कविता नेपाल, प्रेम सोनी, आयुष्मा कार्की, मोनिका दाहाल, प्रेमबहादुर सुनार लगायतका कलाकारको अभिनय छ । चलचित्र मंसिरको २७ गतेबाट रिलिज हुँदैछ ।

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकद्वारा जिन्सी सामाग्री र नगद हस्तान्तरण

काठमाडौं । गण्डकी विकास बैंकले तेह्रौ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक कार्यहरु गरी सम्पन्न गरेको छ । यस क्रममा पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममा ३० थान बेड विस्तारा, गगनगौडास्थित राधाकृष्ण वृद्धाश्रमका लागि १० थान बेड विस्तारा सेट, पोखराको बाच्छीबुडुवास्थित वात्सायान वृद्धाश्रमका लागि सोफासेट लगायतका सामाग्रीहरु र फलफुल तथा खाजा वितरण गरेको छ । त्यसैगरी, निर्मलापोखरीस्थित निर्मणपोखरी सेकेन्डरी स्कुलका करिब २०० विद्यार्थीहरुका लागि झोला एवं रातोपैरा बालविकास केन्द्रका विपन्न वर्गका करिब ३० …

पुरा पढ्नुहॊस »

विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला नेपालमा

काठमाडौं ।ललितपुरको डीएभी स्कुलमा विश्वभरका अंग्रेजी शिक्षकहरूको कुम्भ मेला लागेको छ । टिसोल–नेल्टा क्षेत्रीय सम्मेलनमा सहभागी हुन नेपाललगायत २६ देशका १ हजार अंग्रेजी शिक्षकहरू भेला भएका हुन् । सम्मेलनमा सहभागी विज्ञहरूले गुणस्तरीय अंग्रेजी शिक्षाको विकासका लागि कार्यपत्र प्रस्तुत गरेका छन् । सम्मेलनमा अंग्रेजी कसरी पढाउने ? कस्तो अंग्रेजी शिक्षा आवश्यक छ ? भाषाको माध्यमबाट देशको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा ज्ञान पाएको नेपाली शिक्षकहरूले बताएका छन् । ‘विश्वभरबाट अंग्रेजी …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्धारा कम्प्युटर कुर्लुङ्ग प्राथमिक विद्यालयलाई हस्तान्तरण

तनहुँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तनहुँको ब्यास नगरपालिका बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । बिहिबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्त राज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर मोरङ जिल्ला प्रशासन कार्यलयमा

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङस्थित विराटनगर उपमहानगरपालिका जिल्ला प्रशासन कार्यलयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  मोरङस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको यही मंसिर ५ गते मोरङका प्रमुख जिल्ला अधिकृत मदन भुजेलले एक समारोहका बीच उद्घाट्न गरे । अब, जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा  रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकद्वारा मनिपाल अस्पताललाई हेमोडायलेसिस् मेसिन हस्तान्तरण

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ । यो नयाँ मेसिनले मिर्गौला बिरामीहरुलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्याउनेछ । ईबीएलले ठुलो संख्यामा ग्राहकहरुको लाभका लागि विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ र ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको बैंकको दावी छ । मनिपाल अस्पतालका डिन …

पुरा पढ्नुहॊस »

अब अष्ट्रेलिया जानेले माछापुच्छ्रे बैंकका शाखाहरुबाट सजिलै अष्ट्रेलियन डलर प्राप्त गर्न सक्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ ।हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरि ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो । विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकद्वारा बर्दिबासमा निः शुल्क आँखा शिविर संचालन

बर्दिबास। सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १२७ जनाभन्दा बढीको निः शुल्क जांच गरिएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । बैंकको अन्य जानकारीका लागी …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds