राष्ट्रिय वाणिज्य बैंकद्वारा माइती नेपाललाई न्यानो कपडा वितरण

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा बालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरुको वितरण गरेको छ ।

कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटा लगायत माइती नेपालका संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको उपस्थिति  थियो ।

 

सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइरालाले बैंकले गरेको सहयोगको लागि धन्यवाद  दिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री