विद्युत् विधेयक फिर्ता गरी पुनर्लेखन गर्नुपर्छ : इप्पान

काठमाडौं । संसद्‌मा दर्ता भएको विधेयक फिर्ता हुनुपर्नेमा ऊर्जा लगानीकर्ताहरूले माग गरेका छन् । दर्ता विधेयक संशोधन नभई पुनर्लेखन गर्नुपर्नेमा ऊर्जा व्यवसायीहरूले मंगलबार माग गरेका हुन् ।

विद्युत् विकास विभागको ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले संसद्‌मा दर्ता भएको विद्युत् विधेयक फिर्ता हुनुपर्ने बताए ।

डाँगीले नवनियुक्त ऊर्जामन्त्री दीपक खड्कासामु विद्युत् विधेयक २०८० लाई संशोधन नभई फिर्ता हुनुपर्ने र यसलाई पुनर्लेखन नै गर्नुपर्ने माग गरे । विद्युत् ऐन २०४९ लाई संशोधन गरेर विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दा उक्त ऐन नै सर्वमान्य हुने डाँगीको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त ऊर्जामन्त्री खड्काले निजी क्षेत्रका माग सम्बोधन गर्न ऊर्जा मन्त्रालयको तर्फबाट इमान्दार प्रयास गर्ने बताए । ‘नेपालको समृद्धिको आधार ऊर्जा क्षेत्र नै हो । अहिले नै यो क्षेत्रले वार्षिक चार/पाँच अर्ब रुपैयाँ राजस्वमा योगदान पुर्‍याइरहेको छ,’ खड्काले भने, ‘आगामी दिनमा यसको योगदान कति प्रतिशत पुर्‍याउन सकिन्छ भन्ने बारेमा सोचविचार गर्नुपर्ने देखिन्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली बैंकले विदेशी लगानीका आयोजनामा ऋण लगानी गर्दा स्वदेशीले लगानी पाएनन् : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाली बैंकले विदेशी लगानीका …

प्रतिकृया दिनुहॊस