भारतलाई आठौं पटक एसिया कपको उपाधि

काठमाडौं । भारतले एसिया कपको उपाधि जितेको छ । फाइनल खेलमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पछाएको भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गर्दै एसिया कपको उपाधि जितेको हो ।

भारतका लागि शुभमन गिलले अविजित २७ रन बनाए भने इशान किशनले २३ रन बनाए ।

यसअघि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा फाइनल खेलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंका १५.२ ओभरमा अल आउट हुँदै ५० रन मात्र बनाएको थियो ।

श्रीलंकाका एकदिवसीय अन्तर्राष्ट्रिय खेलको इतिहासमा यो दोस्रो कम टोटल हो । यस अघि श्रीलंका २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध ४३ रनमा अल आउट भएको थियो ।

यस खेलमा श्रीलंकाका कुसल मेन्डीसले १७ तथा दुशान हेमान्थाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै श्रीलंकाको ब्याटिंग लाइन ध्वस्त बनाउन भारतीय बलर मोहमद सिराजले सर्बाधिक ६ विकेट लिए । सिराजले ७ ओभरमा एक मेडनसहित २१ रन दिएर ६ विकेट लिएका थिए त्यस्तै हार्दिक पाण्डेयले २.२ ओभरमा ३ रन दिएर ३ विकेट लिएका थिए । त्यसैगरी हार्दिक पाण्डेयले ३ तथा जसप्रित बुमराहले एक विकेट लिएका थिए ।

योसंगै भारतले आठौँ पटक एसिया कपको उपाधि जितेको छ । भारतले यसअघि ७ एकदिवसीय र एक टी-२० एसिया कपको उपाधि जितेको थियो । भारतले २०१६ मा टी-२० फर्म्याटको एसिया कप जितेको थियो भने १९८४, १९८८, १९९०-९१, १९९५, २०१० र २०१८ मा एकदिवसीय फर्म्याटको एसिया कप जितेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री