क्यानको अध्यक्षमा चतुर चन्द निर्विरोध, सचिवमा पारस विजयी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको निर्वाचन सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको साधरण सभा अन्तर्गत शनिबार मतदानपछि क्यानको नयाँ कार्यसमिति बनेको हो।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका थिए भने सचिव र १० केन्द्रीय सदस्य भने चुनावबाट निर्वाचित भए। अध्यक्ष चतुरसहित उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का निर्बिरोध निर्वाचित भएका छन्।

त्यसैगरी केन्द्रीय सदस्यमा महिलातर्फ जयन्तीदेवी भट्ट निर्विरोध निर्वाचित भएकी थिइन् भने लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी पनि निर्विरोध निर्वाचित भएका थिए।

सचिव पदमा पूर्व कप्तान पारस खड्का विजयी भएका छन्। उनले प्रतिद्वन्दी प्रशान्तविक्रम मल्ललाई ११ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। पारसले ८५ मतमा ४८ मत पाए भने मल्लले ३७ मत प्राप्त गरे। योसँगै दुई बर्षअघि राष्ट्रिय टिमबाट सन्यास लिएका पारसको औपचारिक रुपमा क्यानमा इन्ट्री भएको छ। पारस यसअघि गत महिना भदौ पन्धमा भएको बागमती प्रदेश निर्वाचमा २३ मतसहि निर्वाचित भएका थिए।

प्रदेश सदस्यतर्फ कोशीबाट अर्जुन पौडेल विजयी भएका छन् भने बाग्मतीबाट दिवाकर घले निर्वाचित भएका छन्। त्यस्तै गण्डकीबाट सुदीप शर्मा विजयी भए भने सुदूरपश्चिमबाट विक्रम विष्ट विजयी भए। खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन्।

मधेस प्रदेशबाट माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत आएको छ। उनीहरूले ४२/४२ भोट ल्याएका हुन्। त्यस्तै खुला तर्फ पाचौंमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६/२६ मत आएको छ। जसमा गोला प्रथाबाट करन महत्रा क्षेबी विजयी भए।

No description available.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस