सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३ सय रुपैयाँले घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ७ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यो दिन तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलाको १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी तोलाको १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री