विद्युत् प्राधिकरणले ल्यायो राति १२ बजेसम्म अनलाइनबाट बिजुलीको बिल तिर्न मिल्ने सुविधा

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने समय अवधि बढाएको छ ।

जसअनुसार मंगलबारदेखि लागू हुने गरि बिहान ८ बजेदेखि राति १२ बजेसम्म बिल तिर्न सकिने छ । यसअघि बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै अनलाइनमार्फत बिल तिर्न मिल्थ्यो ।

गएको जेठ ३० गतेको सञ्चालक समितिको निर्णयअनुसार मंगलबारदेखि लागू हुनेगरी बिहान ८ बजेदेखि राति १२ बजेसम्म अनलाइनमार्फत बिल तिर्न सकिने प्राधिकरणले बताएको छ । यसका लागि प्राधिकरणले वितरण केन्द्रहरूलाई अनलाइन डाटा तयार गरेर हरेक दिन बिहान पौने ८ बजेभित्र पठाउन पनि निर्देशन दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित

काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको …

प्रतिकृया दिनुहॊस