मौद्रिक नीति : नीतिगत र बैंक दर घटाइयो (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत र बैंक दर घटाएको हो ।

नीतिगत दरलाई ५ दशमलव ५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ । त्यस्तै बैंक दर ७ प्रतिशतबाट ६ दशमलव ५ प्रतिशतमा झारेको छ । ब्याजदर कोरिडरको तल्लो सीमाको रूपमा रहेको ३ दशमलव ० प्रतिशतको निक्षेप सङ्कलन दरलाई यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ ।

गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति प्रस्तुत गर्दै निर्माण व्यवसायमा प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मङ्सिर मसान्तसम्म थप गर्ने घोषणा गरे । उनले निर्माण व्यवसायलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मका लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्नेसमेत बताए ।

निर्माण व्यवसायका लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलातबाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने भनिएको छ । निर्माण व्यवसायीको जमानत दाबी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने उल्लेख छ ।

माैद्रिक नीति २०८१/८२ : पूर्णपाठ

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तीजको दिन सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन स्थिर …

प्रतिकृया दिनुहॊस