काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
पुरा पढ्नुहॊस »नेपालको लगातार दोस्रो जित
काठमाडौं ।एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा १ विकेट गुमाएर पार गर्यो। नेपालले जवाफि ब्याटिङ थालेकाे ३० मिनेटमा जित हात पारेको हो।
पुरा पढ्नुहॊस »नेपालको शानदार जित
काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पारजित गरेको छ। नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो ।नेपालका सन्दिप लामिछाने एक्लैले ७ विकेट लिए। नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र किशोर महतोले १/१ विकेट लिए। थाइल्यान्डका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
पुरा पढ्नुहॊस »नेपालले थाइल्याण्डलाई दियो २८२ रनको लक्ष्य
काठमाडौं । एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस हारेर नेपालले ब्याटिङ गरेको ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनायो । २८२ रनको टार्गेट थाइल्यान्डलाई दिएको छ ।
पुरा पढ्नुहॊस »सगरमाथा र हिमालयन क्वाटरफाइनलमा
सगरमाथा क्रिकेट क्लब ललितपुर र हिमालयन क्रिकेट एकेडेमी शनिबार गणेशबहादुर–प्राणमाया चित्रकार स्मृति कप यू–१९ ट्वान्टी–ट्वान्टी क्रिकेटको क्वाटरफाइनल पुगेका छन् । सगरमाथाले रामारोशनलाई ६४ रन र हिमालयनले नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले हराए । टुँडिखेल मैदानमा टस हारेको सगरमाथाले २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रन बनायो । आदित्य बिकले ३१, सुनील थापाले २९ रन बनाए । रामारोशनका योगेश रावलले ३ र ऋतिक मगरले २ विकेट लिए । जवाफमा …
पुरा पढ्नुहॊस »भारतसँग नेपाल पराजित
नेपाल र भारतबीच साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेलमा भारतसँग नेपाल पराजित भएको छ । नेपालका लागि पहिलो हाफ अघि ४०औँ मिनेटमा व्रिजेश चौधरीले गोल गरे । चौधरीले नेपाललाई अग्रता दिलाए । भारतका लागि ५९औ मिनेटमा लालरोकिमाले गोल गरे । तर नेपालको अग्रता धेरै बेल टिकेन सकेन । ७४औँ मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गरेर भारतलाई अग्रता दिलाए ।
पुरा पढ्नुहॊस »नेपाल र भारतबीच फाइलन खेल हुँदै,मध्यान्तरसम्मको खेलमा नेपालले १-० को अग्रता
काठमाडौं । नेपाल र भारतबीच साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेलमा नेपालले पहिलाे गाेल गरेकाे छ । मध्यान्तरसम्मको खेलमा नेपालले १-० को अग्रता लिएको छ ।नेपाली टिमले खेलकाे ४० अाैं मिनेटमा पहिलाे गाेल गरेकाे छ । विशाल चौधरीले प्यानल्टीको अवसर सदुपयोग गर्दै गोल गरेका हुन्।
पुरा पढ्नुहॊस »माल्दिभ्समा किरणलाई म्यान अफ द म्याच
नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी स्पोर्ट्स क्लबले शनिबार माल्दिभ्सको धिवेही प्रिमियर लिगमा जित दर्ता गरेको छ । लिगको तेस्रो खेलमा टि.सीले थिनाधु स्पोर्ट्सलाई १-०ले पराजित गरेको हो । गोलरक्षक किरण खेलको म्यान अफ द म्याच चुनिएका थिए । किरणले खेलको १२औं मिनेटमा थिनाधुका फरवार्ड रिजुवानले १ भर्सेस १ को स्थितिमा गरेको प्रहार विफल तुल्याएका थिए । विजयी टोलीका लागि कर्नेलियस स्टेवार्टले ३९औं मिनेटमा गरेको गोल निर्णायक …
पुरा पढ्नुहॊस »साफ यू १५ फुटबल सुरु
काठमाडौं । साफ यू १५ फुटबल च्याम्पियनसिप शुक्रबारबाट काठमाडौँमा सुरु हुँदैछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा)को व्यवस्थापनमा दक्षिण एसियाका ६ टोलीको सहभागिता रहने प्रतियोगितामा २ समूह रहेको छ । विगतका वर्षमा यू१६ प्रतियोगिता आयोजना हुँदै आएकोमा यस पटक भने साफले यसैवर्ष सेप्टेम्बरमा हुने एएफसी यु १६ प्रतियोगितालाई मध्यनजर गर्दै यू १५ उमेर समूहको प्रतियोगिता आयोजना गर्न लागेको हो । २०१५ मा …
पुरा पढ्नुहॊस »कीर्तिमानी सरुवा नजिक नेयमर
ब्राजिली युवा स्टार नेयमर २२ करोड २० लाख युरो (२६ करोड ३० लाख डलर) मा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सरुवा नजिक पुगेका छन्। उनी सरुवा प्रक्रियामा रहेको र यसलाई सातापछि ल्याइने उनका एजेन्टले बताए। नेयमरका सहकर्मी लियोनल मेसीले सामाजिक सन्जालमा ब्राजिलियन खेलाडीलाई बिदाईको सन्देश प्रवाह गरिसकेका छन्। उनका एजेन्ट वाग्नर रिबेइरोले स्पेनिस रेडियोलाई बार्सिलोनाले तोकेको मूल्य पीएसजीले लगाउने र उनका ग्राहक (नेयमर) ले सम्झौता टुंग्याउने प्रक्रियामा …
पुरा पढ्नुहॊस »