नेपाली टिमको हार

नेपाली यू–१९ टोलीले पाँचौं खेलमा हार बेहोर्दै भारत भ्रमण टुंग्याएको छ । आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रका लागि भारतमा तयारी गरिरहेको नेपाली यू–१९ टोली बिहीबार नोयडा–११ सँग ६८ रनले पराजित भयो ।

दिल्लीको ग्रेटर नोयडाको सहिद विजय पथिक स्पोर्टस कम्प्लेक्समा टस जितेको नोयडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ३४ रन बनायो । त्यसमा ओपनर तान्मे श्रीवास्तवको नटआउट १ सय २० रन बनाए । नेपाली यू–१९ टिम जवाफमा ४२ ओभरमै १ सय ६६ रनमा अलआउट भयो । तीन साताअघि भारत पुगेको नेपाली टोलीले दिल्लीमा ५ खेल खेल्यो । त्यसमा ३ जित हात पार्‍यो ।

नोयडासँगको चौथो खेल वर्षाले अनिर्णित बनेको थियो । नेपाली टोली शनिबार सिंगापुर लाग्नेछ ।
नियमित कप्तान सन्दीप लामिछानेबिना खेलेको नेपालबाट किशोर महतो र पवन सर्राफले २–२ तथा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शाहब आलमले १–१ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए पनि त्यो नेपाली टोलीलाई पर्याप्त भएन । ओपनर सन्दीप सुनारले ३६, प्रकाश केसीले ३१ र आसिफ शेखले १० रन बनाए ।

कान्तिपुरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

बंगलादेशले उचाल्यो दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि, नेपाल फेरि उपविजेतामा सीमित

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन ।

प्रतिकृया दिनुहॊस