खेल

पोल्याण्डविरुद्ध इटलीको संघर्षपूर्ण जित

काठमाडाैं । यूईएफए नेशन्स लिग ए अन्तर्गत इटलीले पोल्याण्डविरुद्ध १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको छ । पोल्याण्डको राष्ट्रिय रंगशालामा पाहुना टोलीले खेल आफ्नो पक्षमा पारेको हो । घरेलु टोलीले खेलको अन्तिमसम्म इटलीलाई रोकेको थियो । तर, अन्तिम मिनेटमा क्रिष्टियानो बिराघीले केभिन लासांगाको पासलाई सदुपयोग गरी इटलीलाई महत्वपूर्ण तीन अंक दिलाए । जितसँगै लिग ए को समूह तीनमा रहेको इटलीले शीर्ष स्थानको पोर्चुगलमाथि दवाब कायमै राखेको छ । तीन खेलबाट इटलीको ४ र …

पुरा पढ्नुहॊस »

नेदरल्यान्डसँग जर्मनीकाे लज्जास्पद हार

काठमाडाैं । गत संस्करणाको विश्वकपमा खराब प्रदर्शनपछि लयमा फर्कन संघर्षरत जर्मनी अर्को युरोपियन जाइन्ट नेदरल्यान्डसँग स्तब्ध भएको छ । युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा जर्मनी नेदरल्यान्डसँग ३–० ले पराजित भयो । जर्मनीलाई स्तब्ध बनाउन भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरे । नेदरल्यान्डको जोहान क्रुफ एरिनामा शनिबार राति भएको खेलमा जर्मनी खेलको ३०औं मिनेटमा पछि परेको थियो । भर्जिल भान डिजिकले गोल गर्दै घरेलु टोलीलाई …

पुरा पढ्नुहॊस »

पीएसजीसँग पाँच गोलले हार्न रेड स्टारले ‘म्याच फिक्सिङ’ गरेको आरोप

काठमाडाैं । फ्रेन्च अधिकारीहरुले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन(पीएसजी) र  रेड स्टार बेलग्रेडबीचको खेलमा म्याच फिक्सिङ भएको हुनसक्ने भन्दै अनुसन्धान थालेको छ । फ्रेन्च पत्रिका ला इक्विपलाई उद्धृत गर्दै बीबीसीले रेड स्टारका अधित्रकारीले पाँच मिलियन युरोमा पीएसजीसँग ५ गोलले हार्न म्याच फिक्सिङ गरेको बताएको छ । दुवै क्लबले आरोपको खण्डन गरेका छन् । च्याम्पियन्स लिगमा समहू सीमा तेस्रो स्थानमा रहेको छ । समान तीन अंक भएको लिभरपूल दोस्रो स्थानमा छ …

पुरा पढ्नुहॊस »

मेसीविनाको खेलमा अर्जेन्टिनाको सहज जित

काठमाडाैं । स्टार खेलाडी लियोनेल मेसीसहितका चर्चित अनुहारविहिन अर्जेन्टिनाले इराकमाथि शानदार जित निकालेको छ । साउदी अरेबियामा बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई ४–० ले हराएको हो । अर्जेन्टिनाको टिममा अधिकाशं युवा अनुहारलाई मौका दिएको थियो । उसका लागि लाउतारो मार्टिनेजले गोल गरे। उनको यो राष्ट्रिय टिमका लागि पहिलो गोल हो । यस्तै पाउलो डिबालाको सहयोगमा रोबर्तो परेयराले गोल गरे । अर्जेन्टिनाका लागि तेस्रो गोल जर्मन पजेलाले गरेका हुन् । यस्तै …

पुरा पढ्नुहॊस »

रोनाल्डोमाथि लागेको बलात्कारका प्रमाण सबै ‘फेक’

काठमाडाैं । हालै युभेन्टस गएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोपमा पेश गरिएका प्रमाणहरु झुटो भएको उनका वकिलले बताएका छन् । ३३ वर्षे रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा आफूलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले नै खुलासा गरेकी थिइन् । भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनी रातारात चर्चामा आएकी थिइन् । तर रोनाल्डोका वकिलले काथरीनले बलात्कारका बारेमा पेश गरेको प्रमाणहरु फेक भएको …

पुरा पढ्नुहॊस »

दक्षिण अफ्रिकाले जित्यो पहिलो टी–२०

काठमाडाैं । दक्षिण अफ्रिका र जिम्बावेबिच जारी ३ खेलको टी-२० सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रीकाले जिम्बावेलाई ३४ रनले हराएको हो । इष्ट लण्डनमा दक्षिण अफ्रीकाले दिएको १ सय ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले  १७ ओभर २ बलमा अलआउट हुँदै १२६ रन मात्र जोड्न सक्यो । जिम्बावेका पिटर मुरले ४४ रन जोडेपनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । त्यस्तै ब्रेण्डन …

पुरा पढ्नुहॊस »

चीनमाथि नेपालको फराकिलो जित, ११ बलमै खेल जित्यो

काठमाडाैं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनलाई फराकिलो अन्तरले हराएको छ । चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले बिना कुनै विकेट क्षति १.५ ओभरमा पुरा गरेको हो । नेपालका लागि बिनोद भण्डारीले ८ बल खेल्दै १ छक्का र ३ चौकासहित २४ रन बनाए भने प्रदीप ऐरीले ३ बल खेल्दै ४ रन बनाएका थिए । यसअघि बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस …

पुरा पढ्नुहॊस »

नेपालले कमजोर टोली चीनको सामना गर्दै

काठमाडाैं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनसँग खेल्दैछ । नेपाली समय अनुसार खेल बिहान ७ : ४५ बजेबाट बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुनेछ । जारी प्रतियोगिताकै सबैभन्दा बलियो टिम रहेको नेपाल २ खेल अगाडिनै छनोट भइसकेको छ । यस्तै दुई खेल अगाडिनै छनोटबाट बाहिरिसकेको चीन प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । जारी प्रतियोगितामा सबै चार खेलमा जित निकालेको नेपाल ८ अंकसहित …

पुरा पढ्नुहॊस »

नेपालको फराकिलो जित, भुटान ३३ रनमा समेटियो

काठमाडौं । नेपाली बलरहरुले किफायती बलिङ गरेपछि आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायरको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको फराकिलो जित हात पारेको छ । १५१ रनको लक्ष्य पछ्याएको भुटानलाई नेपालले ३३ रनमै अलआउट गर्‍यो । नेपालको धारिलो बलिङ सामु खुलेर खेल्न नसकेको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर ३३ रन मात्र बनाउन सक्यो । १६ रन हुँदा ९ विकेट गुमाएको भुटानले दशौँ विकेटका लागि १७ रनको साझेदारी गरेको थियो । नेपालका …

पुरा पढ्नुहॊस »

भुटानलाई नेपालले दियो १५१ रनको चुनौती

काठमाडाैं । आईसीसी टी–२० विश्वकपका लागि एसिया उपक्षेत्रीय छनोट अन्तर्गत नेपाल र भुटानबीच पतिस्पर्धा भइरहेको छ । टस हारेर व्याटिङ गरेकाे नेपालले भुटानलाई १५१ रनको विजय लक्ष्य पेश गरेको छ । मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नेपालले ४ विकेटको क्षतिमा १५० रन बनाएको छ । पहिलो बलमै आपनर बिनोद भण्डारीलाई गुमाएको नेपालले त्यसयता सशक्त प्रदर्शन गरेको थियो । नेपालका लागि अर्का ओपनर प्रदीप ऐरीले …

पुरा पढ्नुहॊस »