खेल

लिभरपुलका स्ट्राइकर सोलान्के बर्नेमाउथमा अनुबन्धित

एजेन्सी । इंग्लिश क्लब लिभरपुलका स्ट्राइकर डोमिनिक सोलान्के बर्नेमाउथमा अनुबन्धित भएका छन् । युवा स्ट्राइकर सोलान्केलाई बर्नेमाउथले १९ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । बर्नेमाउथले सोलान्केलाई लामो समयका लागि क्लबमा अनुबन्ध गरेको जनाएको छ । इंग्ल्यान्डका २१ बर्षिय सोलान्के गत सिजन चेल्सीबाट लिभरपुल आएका थिए । यू-२० विश्वकप विजेता सोलान्केले लिभरपुलबाट २१ खेल खेल्दै १ गोल गरेका छन् ।

पुरा पढ्नुहॊस »

लिभरपुलको अपराजित यात्रामा सिटीकाे पुर्णविराम

एजेन्सी । ईङलस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लिभरपुलको अपराजित यात्रामा पुर्णविराम लगाई दिएको छ । बिहिबार राति भएको खेलमा लिभरपुललाई २–१ गोल अन्तरले पराजित गर्दै म्यान्चेष्टर सिटी उपाधि होडमा समेत फर्किएको छ । ईतिहाद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन सर्जियो अग्युरो र लिरोय सानेले गोल गरे । लिभरपुलका राबर्टो फिर्मिन्होले एक गोल फर्काए । ४० औ मिनेटमा अग्युरोको गोलमार्फत सिटीले अग्रता बनाएको थियो । फिर्मिन्होले ६४ औ मिनेटमा खेल …

पुरा पढ्नुहॊस »

इंग्लिस प्रिमियर लिग : फुलह्यामलाई आर्सनलले ४–१ ले हरायो

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले रेलिगेसन जोनको फुलह्यामलाई ४–१ ले हरायो । प्रिमियर लिगको अघिल्लो खेलमा लिभरपूलसँग ५–१ को हार ब्यहोरेको आर्सनलले इमिरेट्स स्टेडियममा फुलह्यामको पोस्टमा चार गोल गर्‍यो । फुलह्यामविरुद्ध जित दिलाउनका लागि ग्रानिट जाका, अलेक्सान्द्रे लाकाजेटी, एरोन राम्से र पिएरे एमरिक अबामेयाङ्ले एक–एक गोल गरे । जाकाले २५औँ मिनेटमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा एक गोलको अग्रता दिलाए …

पुरा पढ्नुहॊस »

प्रिमियर लिगमा आज : टोटेनहमलाई दोस्रो स्थानमा उक्लने अवसर

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा मंगलबार विभिन्न ३ खेलहरु संचालन हुँदैछ । नयाँ बर्षको पहिलो दिन मंगलबार टोटेनहम, आर्सनल, लेष्टर सिटी लगायतका टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रिमियर लिग अन्तर्गत मंगलबार हुने पहिलो खेलमा एभर्टन र लेष्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ । एभर्टनको मैदानमा हुने खेल बेलुका ६: १५ मा सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछन् । एभर्टन २७ अंक जोडेर लिगको १० औं स्थानमा छन् । २८ …

पुरा पढ्नुहॊस »

म्यान्चेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेड विजयी

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनलाई ३–१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन डेभिड सिल्भा र सर्जियो अगुएरोले एक एक गोल गर्दा साउथह्याम्पटनका वार्ड प्रौजले एक आत्माघाति गोल गरे । गएराती भएको अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । चेल्सीका लागि एन्गोलो कान्तेले निर्णायक गोल गरे । प्रिमियर …

पुरा पढ्नुहॊस »

रोनाल्डो नायक बन्दा युभेन्ट्सको जित

एजेन्सी । क्रिस्टियानो रोनाल्डो चम्किएपछि इटालियन सिरी ‘ए’ युभेन्ट्सले साँघुरो जित निकालेको छ ।  शनिबार भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई २ – १ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन दुवै गोल रोनाल्डोले गरे । साम्पडोरियाका फाबियोले एक गोल गरे । घरेलु मैदानमा रोनाल्डोले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३३ औं मिनेटमा फाबियोले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा …

पुरा पढ्नुहॊस »

आर्सनलमाथि लिभरपुलको शानदार जित, लेष्टर सिटी र टोटनह्याम पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले आर्सनललाई ५–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई फराकिलो जित दिलाउन रोबर्टो फर्मिनोले ह्याट्रिक गर्दा मोहोमद सालाह र सादियो मानेले एक–एक गोल थपे । जितसँगै लिरभपुलले अंक तालिकाको दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ९ अंकको अग्रता लिएको छ । गएराति भएको खेलमा टोटनह्यामलाई वुल्भरह्याम्पटन वान्डरर्सले ३–१ ले हरायो । यसैगरी लेष्टर सिटीलाई कार्डिफ सिटीले १–० ले हराउँदा ब्राईटनले एभर्टनमाथि …

पुरा पढ्नुहॊस »

एलेक्स फर्गुसन फेरि म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा

काठमाडाैँ । म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन फेरि म्यानेचस्टर युनाइटेडको प्रशिक्षणमा फर्किने भएका छन । म्यानचेस्टर युनाइटेडका अहिलेसम्मका सफल र लेजेन्ड प्रशिक्षक ५ वर्षपछि क्लबको प्रशिक्षणमा मैदानमा देखिने भएका छन । २३ वर्ष म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेर काम गरेका फर्गुसनले सन् २०१२–१३ को सिजनमा क्लबलाई प्रिमियर लिगको उपाधि दिलाएपछि सन्यास लिएका थिए । हाल पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकमा काम गरिरहेका ओली गुनरलाई केही टिप्स …

पुरा पढ्नुहॊस »

लिभरपुललाई आर्सनलको चुनौती

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न ६ खेलहरु हुँदैछ । प्रिमियर लिगमा शनिबार शीर्ष स्थानको लिभरपुल, दोस्रो स्थानको टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् । शनिबार लिग लिडर लिभरपुलले घरेलु मैदानमा आर्सनलसंग खेल्नेछ । लिभरपुल र आर्सनलबीचको खेल राति ११:१५ मा सुरु हुनेछ । र, घरेलु मैदानमा आर्सनलको स्वागत गर्दा लिभरपुलको लक्ष्य जितसहित उपाधि होड बलियो बनाउनु हुनेछ । लिगमा लिभरपुल दोस्रो स्थानको टोटेनहमभन्दा ६ अंकले अघि छ । लिभरपुललाई आज त्यो अग्रता कायम …

पुरा पढ्नुहॊस »

वेष्ट ह्याम युनाईटेडद्वारा साउथ ह्याम्पटन पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले साउथ ह्याम्पटनलाई पराजित गरेको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्ट ह्याम २–१ ले विजयी भयो । उसका लागि दुबै गोल फेलिपे एन्डर्सनले गरे । साउथह्याम्प्टनका नाथन रेडठमण्डले एक गोल फर्काए । जितसँगै वेष्ट ह्याम युनाईटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट ५१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । ४५ अंक जोडेको …

पुरा पढ्नुहॊस »