नेपाली सेनाको सहायक रथीमा गुरुङ र राठौरको बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाको सहायक रथीमा दुई जनालाई बढुवा गरेको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बरियताक्रम अनुसार महासेनानी दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौरलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले उनीहरूलाई सहायक रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा सिफारिस समितिले ७ दिने सूचना गत मंसिर अन्तिम साता नै प्रकाशित गरेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री