काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सरकारी नम्बर प्लेटको हाइलक्स गाडी दुर्घटना भएको छ । बुधबार बिहान करिब सवा ८ बजेतिर शिक्षा तथा मानव स्रोत केन्द्रको लु ३ फ ३२५ नम्बरको गाडी दुर्घटना भएको हो ।
गाडी सडकबाट करिब १ सय मिटर तल भीरमा झरेको छ । प्रहरीका अनुसार दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन् । उक्त गाडी जनक खत्रीले चलाएका थिए ।
दुर्घटनामा कीर्तिपुरकी ४७ वर्षीया सम्झना देवकोटा, मध्यपुर ठिमी बस्ने ४७ वर्षीय विजय सत्याल र रुकुम घर भई काठमाडौं बस्ने ३३ वर्षीय शंकर बुढाथोकी घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस