सांकेतिक तस्बिर

डोटीको जंगलमा भेटियो महिलाको कंकाल

काठमाडौं । डोटीको जंगलमा एक महिलाको कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार केआईसिंह गाउँपालिका-६ र ७ को सीमामा पर्ने जंगलमा महिलाको शव फेला परेको हो ।

सो शव सडेको अवस्थामा छ भने सनाखत हुन सकेको छैन ।

सडेर कंकाल मात्र बाँकी रहेको शव एक महिनाभन्दा पुरानो हुनसक्ने प्रहरीको अनुमान छ । घाँस दाउराका लागि जंगल जाने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

भेटिएको कंकाल मंगलबार बेलुका जिल्ला अस्पताल पु¥याइएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस