फाइल फाेटाे

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार

काठमाडौं । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान छत्रेश्वरी गाउँपालिका– १ भालुमारेदेखि मयानी जाँदै गरेको लु.प्र०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका– १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए । भालुमारेबाट कम्पोस्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको उनको भनाइ छ । ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी भइरहेको बस्नेतले बताए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस