तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारदेखि स्थिर रहेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ५२  हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसके इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आफ्नो प्राथमिक शेयर (आईपीओ) जारी गर्न सानिमा …

प्रतिकृया दिनुहॊस