नेपाल लाइफ क्यापिटलको ११औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले गत शुक्रबार (पुस १९ गते ) काठमाडौंमा ११औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएका छन् ।

सचालक समितिमा संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका हुन् ।

साथै, वार्षिक साधारणसभापश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औँ बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसके इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आफ्नो प्राथमिक शेयर (आईपीओ) जारी गर्न सानिमा …

प्रतिकृया दिनुहॊस