समाचार

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई उपत्यका बाहिर पठाउन सिफारिस

काठमाडौँ । कर्मचारी सरुवा सम्बन्धमा सफ्टवेयर प्रयोगको अवस्था र सरुवा प्रणालीमा सुधारका लागि कार्यदलले सुझाव पेश गरेको छ । कर्मचारी सरुवा व्यवस्थित गर्न गठित कार्यदलले बुधबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीलाई प्रतिवेदन बुझाएको हो । सरुवा प्रणालीलाई व्यवस्थित बनाउनका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले ०८० जेठ २९ गते सहसचिव बलराम रिज्याल संयोजक, सहसचिव हेमराज तामाङ, उपसचिवत्रय मेहन्द्र प्रसाद साँखी, खिलराज राई र …

पुरा पढ्नुहॊस »

टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए

काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगर प्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए । ‘संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध …

पुरा पढ्नुहॊस »

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभामा टेबुल हुने

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई आजको बैठकबाट अघि बढाउन लागिएको हो । अनुचित …

पुरा पढ्नुहॊस »

आलोचना नभएपछि देउवा खुसी

काठमाडौँ । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सरकारले थालेका जुनसुकै भ्रष्टाचारविरोधी अभियानमा सरकारलाई सघाउने निर्णय गरेको छ । नक्कली शरणार्थी प्रकरणमा मुद्दा खेपिरहेका नेता बालकृष्ण खाँणको नाम उल्लेख नगरी कांग्रेसले सरकारलाई सघाउने निर्णय गरेको हो । पार्टीबाट निलम्बन गर्नुपर्ने माग भए पनि कांग्रेसको केन्द्रीय समिति बैठकले खाँणको नाम नलिई भ्रष्टाचारको जात, धर्म, लिंग र दल नहुने भन्दै सरकारलाई यो अभियानमा सहयोग गर्ने निर्णय गरेको हो । साउन २ गतेदेखि …

पुरा पढ्नुहॊस »

जरिबाना नतिरे सांसददेखि मन्त्रीसम्मले चुनाव लड्न नपाउने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि खर्च विवरण सार्वजनिक नगरी जरिबाना तिर्नुपर्ने सूचीमा प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र मन्त्रीसम्म छन् । प्रतिनिधि सभा सदस्यतर्फ दलीय आधारमा खर्च विवरण सार्वजनिक नगरी जरिबानामा पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबैभन्दा बढी उम्मेदवार छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गरेकामध्ये नेकपा (एकीकृत समाजवादी) का सबैभन्दा थोरै छन् । राप्रपाका ५९ र रास्वपाका ३९ जना उम्मेदवार खर्च विवरण …

पुरा पढ्नुहॊस »

निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो (विज्ञापनसहित)

काठमाडौं । निम्न माध्यमिक तह शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगको साउन १० गतेको निर्णयअनुसार बिहीबारबाट दरखास्त आह्वान भएको हो । आयोगको आधिकारिक पोर्टलबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

पुरा पढ्नुहॊस »

एनएमबी बैंकबाट १५ लाख लुट्नेमध्येका एक भारतीय युवक पक्राउ

काठमाडौँ । महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गएको जेठ १६ गते १५ लाख रुपैयाँ लुटिएको घटनामा साफी संलग्न थिए । चार/पाँचजनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राही समेतलाई कब्जामा लिएर सो रकम लुटेको …

पुरा पढ्नुहॊस »

अगुवाहरूले नै मिटरब्याजी पीडितसँग पैसा असुल्छन्

वोदेवर्साइन (सप्तरी) । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा व्याप्त मिटरब्याजी समस्या समाधानमा जुटी रहँदा मिटरब्याजी पीडित सङ्घर्ष समितिकै केही व्यक्तिहरूद्वारा आफूहरू थप पिडामा परेको सप्तरीका मिटरव्याज पीडितहरूको आरोप रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा गठित उपसमितिले पीडक र पीडित दुवै पक्षलाई मिलाएर बोलाएर छलफल गरिरहँदा सङ्घर्ष समितिबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले नै पीडितको भन्दा पीडकको पैरवी गर्न थालिएकोले आफूहरू थप पिडामा पर्न गएको मिटरब्याजी पीडितहरूले …

पुरा पढ्नुहॊस »

विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम : सतर्क रहन आग्रह

काठमाडौं । काठमाडौँका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम बढेको छ । राति काठमाडौँको बूढानीलकण्ठ आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । बाढी सूचना महाशाखाले गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता नजिक पुगेको र विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै पानी सडक किनार र बस्तीमा पस्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । त्यस्तै, काठमाडौँकै जितपुर आसपासका क्षेत्रमा पनि बाढीको जोखिम …

पुरा पढ्नुहॊस »

आज भारी वर्षा, कहाँ-कहाँ छ जोखिम ? (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोले वर्षा भएको हो । मनसुनको रेखा, मनसुनी वायु र न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पुरा पढ्नुहॊस »