मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभामा टेबुल हुने

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ ।

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई आजको बैठकबाट अघि बढाउन लागिएको हो ।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित मिटरब्याजसम्बन्धी विधेयक ल्याइएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस

This will auto close after