समाचार

बझाङमा निर्माणाधीन घर भत्काउने तीन जना पक्राउ

काठमाडौँ । बझाङमा निर्माणाधीन घर भत्काएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बित्थडचिर गाउँपालिकामा सार्वजनिक जग्गामा घर बनाएको भन्दै घर भत्काएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । करण ओखेडाले बनाइरहेको घर शुक्रबार केही स्थानीयले भत्काएका थिए । सार्वजनिक जग्गामा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी समेत परेको थियो । त्यसपछि उनीहरूले घर भत्काएर खेतीपाती समेत फडानी गरेका थिए । घटनापछि करण ओखेडाका बुवा पुट्केले आफूले लालपुर्जा भएको …

पुरा पढ्नुहॊस »

कोरियामा पानीजहाज कम्पनीमा कामदार पठाउन खुल्यो आवेदन (सूचनासहित)

काठमाडौँ । दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ । नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो । सिप बिल्डिङको क्षेत्रमा पनि …

पुरा पढ्नुहॊस »

मनसुनी वायुको प्रभावले भारी वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकद्वारा जनकपुरको मुरली चोकमा १२७ औं शाखा विस्तार

काठमाडौँ । एभरेष्ट बैंकल जनकपुरको मुरली चोकमा आफ्नो १२७ औं शाखा कार्यालय सञ्चालमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच जनकपुर उप–महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रुपमा उक्त कार्यालयको गरेका छन् । समारोहमा बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । सो उद्घाटन समारोहमा अध्यक्ष झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा मुरली …

पुरा पढ्नुहॊस »

चन्द्रागिरिमा भ्यान भिरबाट खस्यो, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । बा १० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो । मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए । काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पिड’ भई …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिलाई उपचार खर्च दिने सरकारी निर्णय अदालतले परीक्षण गर्नसक्ने सर्वोच्चको ठहर

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय अदालतले परीक्षण गर्न सक्ने सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतको न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेस गरेको रिट निवेदन दरपिठ गर्ने सर्वोच्च अदालतकी रजिस्ट्रार निर्मला पौडेलको आदेश बदर गर्दै भनेकी छन्,‘ राष्ट्रपति वा अन्य उच्च पदस्थ व्यक्तिहरूको विदेशमा उपचार गर्दा लाग्ने खर्च वा अन्य सुविधा बापतको रकम के कसरी कुन मापदण्डका आधारमा …

पुरा पढ्नुहॊस »

गणपूरक सङ्ख्या नपुगेपछि लेखा समितिको बैठक बस्न सकेन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । शुक्रवारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरू उपस्थित हुन नसक्दा बैठक बस्दै …

पुरा पढ्नुहॊस »

अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्ति प्रकरणलाई लिएर उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनीमािथ जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पक्राउ पुर्जी जारी भएसँगै उनको खोजी भइरहेको …

पुरा पढ्नुहॊस »

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन् । आज प्रजातान्त्रिक विचार समाजका नव निर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले भने, ‘कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ, त्यसैले विभिन्न पेशा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरुले कांग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्छ ।’ उनले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउनका लागि समाजबाट आएका सुझाव ग्रहण गर्दै सबै सुझाव कार्यान्वयन गर्ने बताए । प्रजातन्त्रलाई …

पुरा पढ्नुहॊस »

महानगरले यी काम गर्दा सुध्रियो एसइईको नतिजा

यस वर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ३.६१ देखि ४.० ल्याउने विद्यार्थीको सङ्ख्या ७८% ले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६%) जनाले ३.६१ देखि ४.० ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३%) छात्रछात्राले ‘३.६१ देखि ४.० ल्याएका छन् । आवेदकमध्ये गएको वर्ष १२५ (३.१७%) जना गयल भए भने यस वर्ष ५० …

पुरा पढ्नुहॊस »