समाचार

होटलमा बेहोस् भेटिएका पनेरुको मृत्यु, उनीसँगै बसेकी युवती पक्राउ

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरमा होटेलमा बेहोस अवस्थामा भेटिएका कैलालीको धनगढीका एक युवकको मृत्यु भएको छ । शुक्रबार महेन्द्रनगरको बसपार्कस्थित ट्राफिक चोक नजिकैको डिलाइट होटेलमा बेहोस भेटिएका धनगढी उपमहानगरपालिका-४ बोराडाँडी बस्ने ३७ वर्षीय विष्णु पनेरुको शनिबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले पनेरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनको मृत्यु भएपछि पनेरु बेहोस भेटिएको होटेलमा सँगै बसेकी …

पुरा पढ्नुहॊस »

संसद्को अवरोध खुलाउन प्रचण्ड-ओली भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटको विषय सार्वजनिक नभएपनि उनीहरुबीच संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको बताइन्छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आइतबार पनि छलफल भएको थियो ।

पुरा पढ्नुहॊस »

संसद् बैठकमा टोपबहादुरको पद निलम्बन भएको जानकारी गराउने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । दोस्रो अधिवेशनको ४५औँ बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेपछि बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले …

पुरा पढ्नुहॊस »

अंश विवादले आफन्तबाटै ३३ वर्षीया मञ्जुको हत्या, ३ महिलासहित ४ जना पक्राउ

काठमाडौँ । कैलालीकी मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर-४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल, अछामको पञ्चदेवल विनायक नगरपालिका-६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई प्रहरीले पक्राउ गरेको हाे । मृतक मञ्जुका छोरा विवेक रावलले असार १ गते आमाको खोजतलासका लागि इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । मृतक मञ्जु रावल र गोमा रावल …

पुरा पढ्नुहॊस »

ट्याक्टरसँग बाइक ठोक्किँदा चालक प्रहरी जवानको मृत्यु, पछाडि सवार जवान गम्भीर

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत आइतबार साँझ सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टर र विपरीत दिसातर्फ जाँदै गरेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान कपिल कठायतको मृत्यु भएको हो । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत रहेका थिए । सोही दुर्घटनामा …

पुरा पढ्नुहॊस »

राकेशकुमार अडुकियाको कारखाना छाडेर घरमामात्रै छापा

काठमाडौँ । करिब सय किलो सुन तस्करीमा मुछिएका विवादास्पद व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मार्दा फेला पार्न नसकी विभागको टोली केही कागजात मात्र लिएर फर्केको छ । कमलपोखरीस्थित अडुकियाको घरमा छापा मारेको विभागको टोलीको नजर मालिगाउँस्थित कारखानामा भने परेको छैन । हङकङमा कार्यालय खोलेर सुन तस्करीमा लागेका अडुकियाले चाँदीमा मिसाएर सुन तस्करी गरिरहेका थिए । उनले चाँदीमा मिसाएर ल्याएको सुन छुट्याउन मालीगाउँमा कारखाना खोलेको बताइएको छ । विभागको टोलीले त्यहाँ …

पुरा पढ्नुहॊस »

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने …

पुरा पढ्नुहॊस »

यी क्षेत्रमा भारी वर्षा (तीन दिनको पूर्वानुमान)

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। सोमबार देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मंगलबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी …

पुरा पढ्नुहॊस »

बेपत्ता भएको डेढ महिनापछि कैलालीकी युवतीको शव फेला

काठमाडौं ।  कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ। जिल्लाको लम्की चुहा नगरपालिका-४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका-५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो । आइतबार शव फेला परेको प्रहरीले जनाएको छ । उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन् । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरेका हुन् । एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए । उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरूले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए । नेता चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा …

पुरा पढ्नुहॊस »