समाचार

रास्वपाका ४ सांसद पुगे आयोगविरुद्ध अदालत

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण बुझाएर सार्वजनिक गर्दा पनि निर्वाचन आयोगले १५ हजार जरिवाना तोकेको भन्दै त्यसविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदले अदालतमा मुद्दा दायर गरेका छन् । रास्वापाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका हुन् । रिटमा निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टीकरण सोध्नुपर्ने र दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्ने भन्दै …

पुरा पढ्नुहॊस »

सुनकाे गरगहना लुट्ने ४ जना पक्राउ

काठमाडाैं । माेरङ धनुषाबाट महिलाले लगाएकाे सुनकाे गरगहना लुटपाट गरेकाे आराेपमा चारजना पक्राउ परेका छन् । मोरङकाे सुन्दरहरैचा नगरपालिका-९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने २६ वर्षीय बिशाल रायमाझी, पर्सा जगरनाथपुर नगरपालिका-६ बस्ने २९ वर्षीय उमेशराय यादब र माहादेबपुर नगरपालिका-६ बस्ने ८ वर्षीय बालक रहेका छन् । सोही नगरपालिका-८ सलकपुर बजारमा तरकारी किनिरहेको अवस्थामा …

पुरा पढ्नुहॊस »

मिटर ब्याजमा ऋण दिएर बलात्कार र घरजग्गा कब्जा गरेको आरोपमा मालीविरुद्ध जाहेरी

काठमाडौँ । मिटर ब्याजमा ५ लाख ऋण दिएर जबरजस्ती ६५ लाख रुपैयाँको तमसुक गराएर एक महिलालाई पटक पटक बलात्कार गरेको र घरजग्गा समेत कब्जा गरेको आरोप लागेका सुर्जमान मालीविरुद्ध पीडित पक्षबाट किटानी जाहेरी दर्ता भएको छ । यही आरोपमा केही दिनअघि पक्राउ परेका मालीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा पीडितले मानवबेचविखन तथा ओसारपसार ऐन २०६४ अनुसारको कसुर गरेको आरोपमा किटानी जाहेरी दिएको हो । पीडितले बलात्कार तथा मानव बेचविखनको आरोपमा धापाखेलका …

पुरा पढ्नुहॊस »

खाँणलाई अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाँणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे । उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए । पुरानो नजिरलाई लिएर …

पुरा पढ्नुहॊस »

नापी कार्यालय चाबहिलका अधिकृतविरुद्ध १ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा

काठमाडौँ । नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध १ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । पुरीको १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ आर्जनको स्रोत नखुलेको अख्तियारको भनाइ छ । अख्तियारका अनुसार २०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीको २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ …

पुरा पढ्नुहॊस »

टोखामा सुन प्रशोधन गर्ने कारखाना, राजस्व अनुसन्धानद्वारा सिल

काठमाडौँ । काठमाडौँको टोखामा सुन प्रशोधन गर्ने कारखाना फेला परेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय निजकबाट एक क्विन्टल सुन बरामद भएपछि सुनतस्करीको जालो पहिल्याउने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले उक्त कारखाना फेला पारेको हो । शुक्रबार र शनिबारको स्थलगत अनुसन्धानबाट टोखाको एक कृषि फार्मभित्र सञ्चालित उक्त कारखाना फेला पारी विभागको टोलीले सील समेत गरेको छ । अनुसन्धान अनुसार त्रिभुवन विमानस्थल भन्सारबाट तस्करी भई आएको सुनलाई पहिला बालुवाटारस्थित ली जिक्वाङको …

पुरा पढ्नुहॊस »

सुन प्रकरणमा कनेक्सन देखिएपछि ठमेलको होटल भियनाका सञ्चालक पक्राउ, होटलमा सिलबन्दी

काठमाडौँ । करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलको एक होटेलमा सिलबन्दी गरिएको छ । राजस्व अनुसन्धान विभागको एक टोलीले शनिबार राति होटल भियनामा सिलबन्दी गरेको हो । सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा अनुसन्धानका लागि सिलबन्दी गरिएको स्रोतले जनाएको छ । होटलबाट दावा छिरिङलाई पक्राउ परेका छन् उनी नेपाली मूलका बेल्जिनिमका नागरिक हुन् । उक्त होटल उनकी श्रीमतीको नाममा छ । विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी …

पुरा पढ्नुहॊस »

काठमाडौँमा पोलिथिन झोला निषेध, अनुगमनका लागि मेसिनसहित नगरप्रहरी टोलटोलमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिक निषेध अभियानलाई ‘सचेतना, रोकथाम र नियन्त्रण’ विधिबाट कार्यान्वयनमा लैजाने तयारी गरेको छ । महानगरले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको हो । शनिबार नगरप्रहरी बलका अधिकारीहरूलाई प्लास्टिक निषेधको कानुनी प्रबन्ध, यसको व्यवहारिक पक्ष र प्लास्टिकको मोटाइ नाप्ने उपकरण प्रयोगका विषयमा प्रशिक्षण दिएको थियो । प्रशिक्षणमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले, महानगरका वडा, केन्द्र तथा अन्य कुनै …

पुरा पढ्नुहॊस »

मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

काठमाडाैँ । पहिरोका कारण मुग्लिननारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा रहेको कालीखोला पुल नजिक अविरल वर्षापछि माथिबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको हो । बाटोमा लेदो थुप्रिएका कारण सडक खण्ड भएर चल्ने गाडी रोकिएका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । लेदो पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सर्लाहीमा मोहरम पर्व मनाउने क्रममा झडप, ६ प्रहरीसहित १० जना घाइते

काठमाडाैँ । सर्लाहीको गोडैतामा शनिबार साँझ दुई समूहबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् । झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । गोडैता बजारमा स्थानीय मुस्लिम समुदायले ताजिया मोहरम पर्व मनाउने क्रममा दुई समूहबीच उत्पन्न विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ । डीएसपी पञ्जियारका अनुसार मुस्लिम समुदायले दाहा घुमाउन लैजाने क्रममा हिन्दु समुदायका केही स्थानीयले आफ्नो गाउँको …

पुरा पढ्नुहॊस »