काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरमा होटेलमा बेहोस अवस्थामा भेटिएका कैलालीको धनगढीका एक युवकको मृत्यु भएको छ । शुक्रबार महेन्द्रनगरको बसपार्कस्थित ट्राफिक चोक नजिकैको डिलाइट होटेलमा बेहोस भेटिएका धनगढी उपमहानगरपालिका-४ बोराडाँडी बस्ने ३७ वर्षीय विष्णु पनेरुको शनिबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले पनेरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनको मृत्यु भएपछि पनेरु बेहोस भेटिएको होटेलमा सँगै बसेकी धनगढी उपमहानगरपालिका-१४ फूलबारीकी ३२ वर्षीया सुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको छ ।
सापकोटालाई शनिबार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको उनले बताए । डीएसपी डाँगीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहॊस