बेपत्ता भएको डेढ महिनापछि कैलालीकी युवतीको शव फेला

काठमाडौं ।  कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ। जिल्लाको लम्की चुहा नगरपालिका-४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका-५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो ।

आइतबार शव फेला परेको प्रहरीले जनाएको छ । उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन् । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री