काठमाडौं । कोशीमा नयाँ सरकार गठनका प्रदेश प्रमुखले दिएको समय मंगलबार अपराह्न ५ बजे सकिँदैछ । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि गत शुक्रबार दलहरूलाई पाँच दिनको समय दिएका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएका हुन्। यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले …
पुरा पढ्नुहॊस »नेपालमा मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षा (तीन दिनको पूर्वानुमानसहित)
काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी …
पुरा पढ्नुहॊस »रास्वपाका चार सांसदलाई तत्काल कारबाही नगर्न अदालतको आदेश
काठमाडाैं । खर्च विवरण नबुझाएका रास्वपाका चार सांसदलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडीको एकल इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदहरूले निर्वाचन अयोागविरुद्ध आइतबार उच्च अदालत पाटनमा रिट दर्ता गराएका थिए। संघीय सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध रिट निवेदन दर्ता गराएका थिए। सो विषयमा दुवै …
पुरा पढ्नुहॊस »कारबाट ओर्लेर साइकलयात्रीलाई कुट्ने आयुष एक लाख धरौटीमा छुटे
काठमाडाैं । विराटनगरमा काम सकेर साइकलमा घर फर्कँदै गरेका मजदुरलाई कुटपिट गरेर सडकमा घिसार्ने कार चालक विराटनगर ४ का आयुष भेटवाललाई एकलाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। सोमबार जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले एक लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा भएका छन्। विराटनगर महानगरपालिका ४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गरेका थिए। आइतबार उनीविरूद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो। यसमा संलग्नरही …
पुरा पढ्नुहॊस »पोखरामा यती एयरको जहाजमा मुसा देखियो, उडान रद्द
काठमाडाैं । पोखराबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजको पांग्रामा मुसा देखिएपछि उडान रद्द भएको छ । आज (सोमबार) मध्याह्न ११ः५० बजे उड्न तयार रहेको जहाजको पांग्रा आसपास मुसा देखिएपछि उडान नम्बर ६७८ रद्द भएको हो । यात्रु र विमानका कर्मचारीले मुसा देखेपछि विमानस्थललाई जानकारी गराइएको थियो । उक्त विमानलाई पोखरामै राखिएको र प्राविधिकले उडानयोग्य भएको रिपोर्ट दिएपछि मात्र उड्न अनुमति दिइने विमानस्थलकी निमित्त प्रमुख जशोदा सुवेदीले जानकारी दिइन् । …
पुरा पढ्नुहॊस »रास्वपाको दबाबले भ्रष्टाचारका पुराना फाइल खोल्न सरकार बाध्य भयो : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित पार्टीको सुदूरपश्चिम-काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् । सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गरे । उनले भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरूको …
पुरा पढ्नुहॊस »सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुनप्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्याउन सरकार दृढ रहेको स्पष्ट पारे । यही साउन ३ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठूलो मात्रामा सुन …
पुरा पढ्नुहॊस »प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित
काठमाडौँ । प्रतिनिधि सभा संसदको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । पछिल्लो समय भएको एक क्विन्टल सुन तस्करीका विषयमा छानविन गर्न प्रमुख प्रतिपक्षी दलले दबाब दिइरहेको छ । गृहमन्त्री तथा अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सत्ता पक्ष नेपाली कांग्रेसकै सांसद डा. सुनिल शर्माले माग गर्दै आएका छन् । दुई मन्त्रीले राजीनामा दिने र सुन काण्डका सबै दोषीलाई कारबाही नगरे संसद मै आमरण अनसन सुरु गर्ने समेत सांसद …
पुरा पढ्नुहॊस »महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक गम्भीर
काठमाडौँ । काठमाडौँको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा एकजना घाइते भएका छन् । प्रहरी वृत्त जनसेवाका अनुसार गएराति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको हो । ट्यांकर ठोक्किएपछि मन्दिरको भित्तामा क्षति पुगेको छ । दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धारा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन् । घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्यांकर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ …
पुरा पढ्नुहॊस »कांग्रेसपछि माओवादी केन्द्रले पनि गर्नेभयो केन्द्रीय समिति बैठक लाइभ
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ । बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको हो । बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय भएको पार्टी सचिव देवेन्द्र पौडेलले बताए । उनकाअनुसार बैठक लाइभ गर्दा आम पार्टी कार्यकर्ता र जनसमुदायलाई जानकारी पाउन सहज हुनेछ । यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।
पुरा पढ्नुहॊस »