प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित

काठमाडौँ । प्रतिनिधि सभा संसदको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । पछिल्लो समय भएको एक क्विन्टल सुन तस्करीका विषयमा छानविन गर्न प्रमुख प्रतिपक्षी दलले दबाब दिइरहेको छ ।

गृहमन्त्री तथा अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सत्ता पक्ष नेपाली कांग्रेसकै सांसद डा. सुनिल शर्माले माग गर्दै आएका छन् । दुई मन्त्रीले राजीनामा दिने र सुन काण्डका सबै दोषीलाई कारबाही नगरे संसद मै आमरण अनसन सुरु गर्ने समेत सांसद शर्माले घोषणा गरिसका छन् । यस्तो अवस्थामा बैठक राख्दा अवरोध हुने देखिपछि आजको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

एमालेलगायत प्रतिपक्षी र सत्ता पक्षकै केही सांसदबाट अवरोध हुने देखेपछि सभामुख देवराज घिमिरेले मंगलबार १ बजे बस्ने गरी सोमबारको बैठक स्थगित गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस