कांग्रेसपछि माओवादी केन्द्रले पनि गर्नेभयो केन्द्रीय समिति बैठक लाइभ

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ । बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको हो ।

बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय भएको पार्टी सचिव देवेन्द्र पौडेलले बताए । उनकाअनुसार बैठक लाइभ गर्दा आम पार्टी कार्यकर्ता र जनसमुदायलाई जानकारी पाउन सहज हुनेछ । यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस