महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक गम्भीर

काठमाडौँ ।  काठमाडौँको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा एकजना घाइते भएका छन् । प्रहरी वृत्त जनसेवाका अनुसार गएराति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको हो ।

ट्यांकर ठोक्किएपछि मन्दिरको भित्तामा क्षति पुगेको छ । दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धारा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन् ।

घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्यांकर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस