समाचार

हामी सरकारमा रहँदासम्म सुशासनको अभियान रोकिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियान नरोकिने बताएका छन् । उनले सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न खोजेपनि अभियान नरोकिने बताएका हुन् । गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट आफू नडराउने बताए । ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ,’ उनले …

पुरा पढ्नुहॊस »

नक्कली प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएसका विद्यार्थी पक्राउ

काठमाडाैँ । नक्कली प्रमाणपत्र बनाएको आरोपमा चितवनबाट एमबीबीएसका एक विद्यार्थीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्रेको छ। सीआईबीले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो। सप्तरीको राजविराज-७ स्थायी ठेगाना भएका अख्तरको थप अनुसन्धान हुँदैछ। अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन्। उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ।

पुरा पढ्नुहॊस »

संसद् खुलाउन प्रधानमन्त्रीले पहल गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को अवरोध खुलाउन प्रतिपक्ष दलसँग पहल गर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री दाहालले सदनको अवरोध खुलाउन भूमिका खेल्ने बताएका हुन् । भेटमा सभामुखले आफूले सदन खुलाउन नसकेको बताएका थिए । ‘सभामुखको रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु’, उनले प्रधानमन्त्रीलाई भने, ‘तर, परिणाममा निस्किन सकेन। शीर्ष नेताहरू नै घण्टौँ बस्दा पनि सहमति भएन ।’ त्यसपछि …

पुरा पढ्नुहॊस »

डोटीमा मेयर र स्वकीयको झगडा, राजेशको टाउकोमा टाका

काठमाडौँ । डोटीमा एक नगर प्रमुख (मेयर) र उनका आफ्नै स्वकीय (सहयोगी)बीच विवाद भएको छ । जिल्लाको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर र स्वकीय सचिव राजेश ठगुन्नाबीच विवाद भएको हो । राजेशले आफूलाई मेयरबाट खुकुरी प्रहार भएको आरोप लगाएका छन् । तर मेयरले भने सो आरोप झुटो भएको दाबी गरेका छन् । प्रहरीका अनुसार बिहीबार राति करिब साढे ११ बजेको समयमा उनीहरुबीच शिखर नगरपालिकाको वडा नम्बर ११ स्थित बान्डुनिसैनमा …

पुरा पढ्नुहॊस »

सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गएराति उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पती हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट …

पुरा पढ्नुहॊस »

अवस्था ठिक नभएका सवारी कुदाउने ४२ चालक कारबाहीमा

काठमाडौँ । किर्तिपुरमा बिहिबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४२ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । १ सय ३५ भन्दा बढी सवारी साधन चेक गर्दा ह्‍याण्डब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ४२ ओटा गरी सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो । जसमा पिकअप गाडि १७ ओटा, टाटासुमो १०, बस र हाइस ३र३ ओटा र …

पुरा पढ्नुहॊस »

बझाङमा २ दिन भूकम्प गयो

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

बझाङ । हिजो पनि बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो। अस्ति बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङकै बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको थियो।

पुरा पढ्नुहॊस »

श्रम बजार : नेपाली जनशक्ति विदेशमा, विदेशी नेपालमा

काठमाडौं । नेपाली जनशक्ति विदेश गइरहेको बेला नेपालमा रोजगारी गर्ने विदेशी नागरिकको संख्या बढेको छ । पछिल्लो वर्ष श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको संख्या बढेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको संख्या ३७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी …

पुरा पढ्नुहॊस »

आज यी दुई प्रदेशमा भारी वर्षा (तीन दिनको पूर्वानुमान)

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल निकट रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका …

पुरा पढ्नुहॊस »

रास्वपा नेतृत्वमा पुगे औँलामा गन्न सकिने बाहेकका नेता जेलमा हुनेछन् : रवि लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने तागत आफ्नो पार्टीसँग मात्र भएको दावी गरेका छन् । इलामको फिक्कल बजारमा आयोजित पार्टीको खुला जनसभालाई सम्बोधन गर्दै उनले रास्वपाले सरकारको नेतृत्व गरेको दिन औँलामा गन्न सकिने बाहेकका नेताहरू जेलको छिँडीमा सड्ने चेतावनी दिए । उनले भने‚ ‘यदि रास्वपा सरकारको नेतृत्वमा पुग्यो भने देशको एयरपोर्टबाट भित्रिएका क्विन्टलका क्विन्टल सुन काण्ड, ललिता निवास प्रकरण जस्ता अनेक कान्डको छानबिन गर्नेछ र …

पुरा पढ्नुहॊस »