नक्कली प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएसका विद्यार्थी पक्राउ

काठमाडाैँ । नक्कली प्रमाणपत्र बनाएको आरोपमा चितवनबाट एमबीबीएसका एक विद्यार्थीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्रेको छ।

सीआईबीले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो। सप्तरीको राजविराज-७ स्थायी ठेगाना भएका अख्तरको थप अनुसन्धान हुँदैछ।

अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन्। उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप