काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको …
पुरा पढ्नुहॊस »गगन थापाको टिप्पणी- देशमा छाएको निराशाको मौका छोपी केही नयाँ दलले व्यापार गर्न थाले
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबीनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए । सबै ती फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए । ‘विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबीन गरी …
पुरा पढ्नुहॊस »सुन प्रकरणको अनुसन्धान सीआइबीले नै टुङ्गोमा पुर्याउँछ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको र त्यसैले टुङ्गोमा पुर्याउने बताएका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठकपछि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै गर्ने बताएका हुन् । एमालेले माग गर्दै आएको उच्चस्तरीय समिति गठनबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘कुनै कन्फ्युजन नहोस् । सीआईबीले अनुसन्धान गर्दैछ । …
पुरा पढ्नुहॊस »सदन सुचारु गराउन बसेकाे राष्ट्रिय दलहरुको बैठक निष्कर्षविहीन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय दलहरुको बैठक विना निष्कर्ष सकिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण १० साउनयता अघि बढ्न नसकेको संसद बैठक सुचारु गराउने विषयमा सहमती खोज्न प्रधानमन्त्री दाहालले राष्ट्रिय दलको मान्यतामा रहेका दलहरुलाई बोलाएर छलफल गरेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले संसदको अवरोध हटाउन सुन तस्करी काण्डको छानविन गर्न उच्चस्तरीय आयोग बनाउनै पर्ने अडान लिएका थिए …
पुरा पढ्नुहॊस »सूचना टाँसेर प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक भदौ ५ गते बस्ने
काठमाडौँ । प्रतिनिधि सभा सदंसको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आइतबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको संसद बैठक स्थगित गरिएको संसद सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ । अर्को बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने गरी आइतबारको बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध हटाउने विषयमा सहमती हुन नसकेपछि आजको बैठक पनि स्थगित गरिएको हो । सभामुख …
पुरा पढ्नुहॊस »गृहमन्त्रीज्यु ! केही त गडबड छ, ठूलै गडबड छ
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा सीआईबीलाई निर्णयकर्ता सबैको बयानविनाको अपूरो फाइल नबुझाउन ध्यानाकर्षण गराएका छन् । सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईसहित निर्णय प्रक्रियामा सहभागी मन्त्रीहरूको बयानविना सीआईबीले आज फाइल बुझाउने तयारी गरेपछि उनले यस्तो आग्रह गरेका हुन् । सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो …
पुरा पढ्नुहॊस »अस्पतालबाटै शिशु गायब पारेको आरोपमा डाक्टरसहित दुई पक्राउ
काठमाडाैं । अस्पतालबाटै नवजात शिशु गायब पारेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगरको ग्रीनक्रस अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोबिन्द राई छन् । डा. कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरीटेन्डेन्ट पनि हुन् । सरकारी सेवाबाट अवकाश प्राप्त डा. कर्ण ग्रिनक्रस अस्पतालमा काम गर्छन् भने दिपेश मेडिकल क्लिनिक सञ्चालन गर्छन । पक्राउ परेका गोबिन्द राईले युवतीलाई …
पुरा पढ्नुहॊस »बाल यौन दुर्व्यवहार गर्ने ‘हेडसर’ जेल चलान
काठमाडौँ । बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई ९ महिना कैद सजाय फैसला भएको छ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका-२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमलालाई ९ महिना कैद सजाय फैसला भएको हो । सोही विद्यालयका दुई बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको इजलासले धमलालाई उक्त सजाय फैसला गरेको श्रेस्तोदार विनोद कुमार घिमिरेले बताए । यसका साथै धमलालाई ५० हजार रुपियाँ क्षतिपूर्ति र २० हजार …
पुरा पढ्नुहॊस »गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन
काठमाडाैँ । गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर, पानी पोखरी, काठमाडौँमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो । उक्त अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले शुभकामना सन्देशमा नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताएका छन् । उनले दुई देशबीचको …
पुरा पढ्नुहॊस »संसद्अघि प्रधानमन्त्रीले बोलाए शीर्ष नेताको बैठक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । उनले संसद् अवरोधबारे छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूलाई बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार छलफल साढे १२ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुँदैछ । गत निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् । यी दलका …
पुरा पढ्नुहॊस »