समाचार

संसद्अघि प्रधानमन्त्रीले बोलाए शीर्ष नेताको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । उनले संसद् अवरोधबारे छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूलाई बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार छलफल साढे १२ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुँदैछ । गत निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् । यी दलका …

पुरा पढ्नुहॊस »

चिनियासँग भेटियो भारतीय आधारकार्ड र नेपाली नागरिकता

काठमाडौँ । चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका उनीहरुसँग भारतीय आधारकार्ड र नेपाली नागरिकता फेला परेको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिए । तीन जना चिनियासँग जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन …

पुरा पढ्नुहॊस »

रूपातालतर्फ जाँदै गरेको बाइक घुम्तीबाट खस्यो, दुई युवाले गुमाए ज्यान

काठमाडाैँ । कास्कीकाे रूपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका-३२ बाट रूपातालतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना भएको हो । मोटरसाइकल रुपा गाउँपालिका-६ निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०-९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा …

पुरा पढ्नुहॊस »

नेपाल र भट्टराईमाथि अनुसन्धान नै नगरी प्रतिवेदन बुझाउने तयारीमा सिआइबी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा दुरुपयोग प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । उच्चपदस्थहरू जोडिएको यो प्रकरणको अनुसन्धान सकेर सिआइबीले रायसहितका प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको हो । यो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नगर्ने दिशामा सिआइबी पुगेको छ । नेपाल र भट्टराईको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएको भनिएको छ तर …

पुरा पढ्नुहॊस »

नयाँ बसपार्क, ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ बन्ने

काठमाडौँ । दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो । ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको …

पुरा पढ्नुहॊस »

नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ । पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उनीहरूमाथि थप अनुसन्धान नगर्ने दिशामा सिआइबी पुगेको छ । सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएको अवस्थामा सरकारकै कारण दुई पूर्वप्रधानमन्त्री तत्काललाई अनुसन्धानको दायरामा नआउने भएका हुन् । सिआइबीले पूर्वप्रधानमन्त्रीद्वयलाई अनुसन्धानका लागि बयान …

पुरा पढ्नुहॊस »

दिउँसो १ बजे संसद् बैठक, चल्ने सम्भावना न्यून

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । उनले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची …

पुरा पढ्नुहॊस »

आइतबार तपाईँको प्रदेशको मौसम कस्तो ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम …

पुरा पढ्नुहॊस »

प्राण त्याग्नुअघि वडाध्यक्ष घिमिरेले फेसबुकमा लेखेका थिए- प्रिय अनिता साथ निभाउन सकेनँ, माफ गरे !

काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिबार बिहान करिब ५ बजे फेसबुकमा भावुक स्टाटस लेखेका उनी मृत भेटिएका हुन् । उनले फेसबुकमा लेखेका थिए- ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ । प्रिय अनिता साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।‘ घिमिरे घर नजिकैको रुखमा झुन्डिएको …

पुरा पढ्नुहॊस »

संसद्‌मा कहिलेसम्म जिन्दावाद र मुर्दावादका नारा ?

काठमाडाैँ । सुन तस्करीको विषयमा लिएर साउन १० गतेदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध छन् । सत्ता पक्ष र प्रमुख प्रतिपक्षीबीच भएका संवाद फलदायी नहुँदा सदन खुलाउने विषय पेचिलो बनेको छ । दलहरूले अहिलेकै अडान कायम राख्ने हो भने सदनभित्र जनजीविकाका विषय प्रवेश गर्न नपाउने अवस्था देखिँदै गएको छ । जनताका दुःख पीडा, समस्या र समाधानबारे चर्को बहस हुनुपर्ने संसद्मा जिन्दावाद र मूर्दावादका नारा गुन्जिन्छन् । जताका मुद्दामा बहस हुँदैन …

पुरा पढ्नुहॊस »