काठमाडाैं । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । ढकालले धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र …
पुरा पढ्नुहॊस »आफ्नो देशमै केही गरौँ
नेपालको अस्थिर राजनीति, गुणस्तरीय शिक्षा र रोजगारीको अवसरका लागि किशोर किशोरीहरूको गन्तव्य अहिले तेस्रो मुलुक भएको छ । युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने परम्परासँगै अहिले कक्षा १२ पास पश्चात् किशोर किशोरीहरू उच्च शिक्षाका साथसाथै रोजगारीका लागि तेस्रो मुलुक जान थालेका हुन् । यो रहर नभएर बाध्यता भएको उनीहरूको भनाई छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सर्वेक्षण अनुसार २०६९ फागुनसम्मको अवधिमा उच्च शिक्षा अध्ययनका लागि ५ लाख १३ हजार ६२ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । जुन अनुपात आर्थिक वर्ष २०७०/०७१ देखि बढ्दो रहेको छ ।
पुरा पढ्नुहॊस »अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित
काठमाडौं । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनु भएका हुन् । यस अगाडि मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । …
पुरा पढ्नुहॊस »मेलम्ची नदीमा बाढी, मेलम्ची-हेलम्बु सडक अवरुद्ध
काठमाडौं । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ । निरन्तर वर्षाका …
पुरा पढ्नुहॊस »एयरपोर्टबाट अवैध विदेशी मुद्रासहित फिलिपिनी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनको साथबाट प्रहरीले १०० दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, ५०० दरको एक …
पुरा पढ्नुहॊस »अर्थमन्त्री र गभर्नर असोजमा इजिप्ट जाने
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी असोजमा इजिप्ट भ्रमणमा जाने भएका छन् । अर्थमन्त्री र गभर्नर एशियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं वार्षिक बैठकमा भाग लिन त्यसतर्फ जाने भएका हुन् । मन्त्री तथा गभर्नरको भ्रमण मन्त्रिपरिषदको बैठकबाट स्वीकृत भैसकेको छ । बैठक असोज ८ गतेदेखी १० गतेसम्मको लागि चल्नेछ ।
पुरा पढ्नुहॊस »मेयर-उपमेयरको घर तोडफोड गर्ने २० जनालाई कैद र जरिवाना
उदयपुर । कटारी नगरपालिकाका तत्कालीन नगरप्रमुख र उपप्रमुख घर र सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा २० जनालाई अदालतले कैद, जरिवाना र क्षतिपूर्ति भराउने सजाय सुनाएको छ। जिल्ला अदालत उदयपुरले सरकारी तथा व्यक्तिको सम्पत्ति तोडफोड गरेको कसुरमा कटारी नगरपालिकाका २० जना प्रतिवादीलाई कसुर ठहर गर्दै कैद, जरिवाना र क्षतिपूर्ति सजायको भागीदार बनाएको हो। जिल्ला न्यायाधीश कृष्णप्रसाद सुबेदीको एकल इजलासले मेयर उपमेयरको सम्पत्ति तोडफोडका आरोपित ३२ मध्ये २० जनालाई कसुर ठहर गरेको …
पुरा पढ्नुहॊस »हिरासतमै प्रहरी अधिकृतबाट बलात्कार
राजविराज । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी हुन्। पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। जिल्ला प्रशासनबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएकी उनले अस्पतालको रेकर्डमा प्रहरीले बलात्कार गरेको र कसैलाई भनेमा जेलमा २० वर्ष थुनाएर सडाउने …
पुरा पढ्नुहॊस »अब विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
काठमाडाैँ । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ । यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । …
पुरा पढ्नुहॊस »यी पाँच प्रदेशमा झरी, कहिले सुध्रिन्छ मौसम ?
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, …
पुरा पढ्नुहॊस »