समाचार

अध्यागमन विभागका महानिर्देशक अधिकारी गृहमा तानिए

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई गृह मन्त्रालयले छानविनका लागि मन्त्रालयमा तानेको हो । अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भइरहेका थिए ।

पुरा पढ्नुहॊस »

यी हुन् बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी (नामावलीसहित)

काठमाडौँ । बालुवाटार जग्गा प्रकरण अन्तर्गत संगठित रूपमा कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । उक्त प्रकरणमा पूर्वमन्त्री, कर्मचारी, व्यापारी तथा बिचौलियालाई सजाय गर्न माग गरिएको छ । पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ । भने उनीहरू सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाइएको छ । सो प्रकरणमा गच्छदार र जोशीले भने …

पुरा पढ्नुहॊस »

कांग्रेसले दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

काठमाडौैँ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उहाँको उपचारका क्रममा बुधबार निधन भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहनुभएका कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक …

पुरा पढ्नुहॊस »

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने

काठमाडौं । संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले यसको निम्ति आजै सूचना प्रकाशित हुने बताए । बैठकमा सभामुख देवराज घिमिरे, …

पुरा पढ्नुहॊस »

कहिले सुध्रिन्छ मौसम ?

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । ‘आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पशिचम क्षेत्रबाट …

पुरा पढ्नुहॊस »

कोशीका मुख्यमन्त्री थपााविरुद्धको रिटमा आज सुनवाइ हुने

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैरसंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार दायर गरेको रिटमा आज सुनवाई हुँदैछ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो । कोशी सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्बोच्च अदालतमा आज (बिहीबार) …

पुरा पढ्नुहॊस »

तीर्थयात्री चढेको बस दुर्घटनाका मृतक सबैको सनाखत (नाम र ठेगाना)

काठमाडौँ । बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । काठमाडौँबाट भारतको मोतिहारीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस दुर्घटना भएको हो । बस सडकबाट दायाँतर्फ करिब १५ मिटर तल खहरेमा खसेको थियो । बसमा २६ जना सवारमध्ये ७ जनाको मृत्यु भएको र अन्य १९ जना घाइते भएको प्रहरी जनाएको छ । बिहान करिब २ बजेर १० मिनेट जाँदा जितपुरसिमरा …

पुरा पढ्नुहॊस »

पहिलो महिनामै १ खर्ब १५ अर्ब २८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारमा सीमित रहेको छ । व्यापार घाटा भए तापनि यो अघिल्ला वर्षभन्दा ७६ करोड ६० लाख ५० हजारले …

पुरा पढ्नुहॊस »

गौरा पर्वका अवसरमा सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

काठमाडौँ । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । सुदूरपश्चिम प्रदेशमा आज र भोलि गते सार्वजनिक बिदा दिइएको छ । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो । चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको संसद् बैठकको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/७८ तथा सोह्रौँ प्रतिवेदन २०७८/७९ पेस गर्नेछन् ।  

पुरा पढ्नुहॊस »