काठमाडौँ । कैलालीको धनगढीमा भीषण लागालागी भएको छ । धनगढी उपमहानगरपालिका-१ स्थित सारथी अस्पताल क्षेत्रमा गएराति १ बजे आगलागी भएको हो । आगलागीले अस्पतालसहित आठ पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
भकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »बाँकेमा चल्यो गोली, खुकुरी प्रहारमा संलग्न एक व्यक्ति पक्राउ
काठमाडौँ । बाँकेको जानकी गाउँपालिकामा ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । उक्त प्रहार गरिएको गोलीबाट बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् । बाँकेका एसपी सुवासचन्द्र बोहराका अनुसार प्रहरीको खोजी सुचीमा रहेका उनलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको हो । कार्तिक ३० गते बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई खुकुरी …
पुरा पढ्नुहॊस »टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरू विधिको शासन अनुसार हुनुपर्नेमा त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् । अधिवक्ता त्रिपाठीले सामाजिक …
पुरा पढ्नुहॊस »क्लिनिकमा सुई लगाएलगत्तै ४ वर्षीय सम्राटको ज्यान गयो
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका क्रममा मृत्यु भएका बालकका परिवारजनले क्लिनिक सञ्चालकमाथि कारबाही र क्षतिपूर्तिको माग पूरा नभएसम्म शव नउठाउने अडान लिएका छन् । ज्वरो आएपछि मंगलबार साँझ डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका-५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नवीन धामीले सुई लगाएलगत्तै मृत्यु भएको थियो । सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया …
पुरा पढ्नुहॊस »सशस्त्र प्रहरीका असईले अस्पतालबाट चोरे ल्यापटप
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । धनगढी ३ विशालनगर घर भएका रमेश भण्डारी ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए । पक्राउ परेका भण्डारीमाथि मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए । भण्डारीको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको छ । …
पुरा पढ्नुहॊस »रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते
काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । बा.प्र.०३–००१ नम्बरको बस गए राति रुपन्देहीको देवदह नगरपालिका–८ भलुही भन्ने स्थानमा सडकबाट तल खसेको हो । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बसमा ३८ जना यात्रु सवार थिए । प्रहरीले बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ ।
पुरा पढ्नुहॊस »चितवन राष्ट्रिय निकुञ्जमा तस्कर पसेको तथ्य, दुई गैँडा खागविहीन अवस्थामा मृत भेटिए
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा तस्करबाट दुईवटा गैँडा मारिएका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने, ‘६ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन …
पुरा पढ्नुहॊस »नेपालमा बन्द भएपछि टिकटकले पठायो पत्र, प्रतिबन्धको निर्णयले आश्चर्यमा
काठमाडाैँ । नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ। टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै गत सोमबार नै पत्र पठाएका हुन्। कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। त्यसको जानकारी प्राधिकरणमार्फत टिकटकलाई दिइएको थियो। जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै बन्द गर्नुपर्ने …
पुरा पढ्नुहॊस »सुरु भयो छठ पर्व, आज नहाय खाय
काठमाडौँ । धार्मिक एवं लोकआस्थाको पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । खासगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ । भगवान् सूर्यको पूजाआराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ । छठको पहिलो दिनलाई अरबा-अरबाइन पनि भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न …
पुरा पढ्नुहॊस »