बाँकेमा चल्यो गोली, खुकुरी प्रहारमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौँ । बाँकेको जानकी गाउँपालिकामा ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

उक्त प्रहार गरिएको गोलीबाट बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् । बाँकेका एसपी सुवासचन्द्र बोहराका अनुसार प्रहरीको खोजी सुचीमा रहेका उनलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको हो ।

कार्तिक ३० गते बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।

एसपी बोहराले खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रवार जानकारी गाउँपालिका–४ स्थित खुद्रा खजुरामा पुग्दा प्रहरीलाई देखेपछि भाग्न खोज्दा आकाश रानालाई गोली चलाएर नियन्त्रणमा लिएको बताए ।

रानाको दायाँ खुट्टामा गोली लागेको छ । कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको आरोप छ । उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखी ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनगढीमा स्पा’का सञ्चालक र युवतीसहित ६ जना पक्राउ

काठमाडौं । धनगढीमा अवैध धन्दा चलाएको अभियोगमा सुदूरपश्चिम स्पा सेन्टरका सञ्चालकसहितका ६ जनालाई पक्राउ गरिएको …

प्रतिकृया दिनुहॊस